Trending
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त     |     ढुंगा लागेर सल्यानमा एक जनाको मृत्यु     |     सुर्खेतमा नक्कली विवाहमार्फत ठगी गर्ने दुई जना पक्राउ     |     नेपाल–अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगो : परराष्ट्रमन्त्री     |     सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन     |     एनपिएल खेल्न अष्ट्रेलियाका क्रिस लिन आउँदै !     |     पोस्टरसहित चलचित्र ‘जूबा’को घोषणा     |     यु–२३ एसियन कप छनोट: नेपालले आज ताजिकिस्तानसँग खेल्दै     |     सुनको मूल्य हालसम्मकै उच्च     |     नेपाल ‘ए’ टोलीले जित्यो आसामविरुद्धको सिरिज     |    
समाचार

सीके राउतको टिप्पणी– रवि लामिछाने पक्राउ पर्नु प्रतिशोध हो

२ कार्तिक २०८१, शुक्रबार १६:२४

२ कात्तिक, काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा सिके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको पक्राउलाई प्रतिशोध र निषेधको संज्ञा दिएका छन् ।

शुक्रबार सभापति लामिछाने पक्राउ परेपछि डा राउतले सामाजिक संजाल फेसबुकमा एक स्टाटस शेयर गर्दै यस्तो टिप्पणी गरेका हुन् ।सहकारी ठगी प्रकरणमा प्रहरीले लामिछानेले पक्राउ गरेपछि राउतले यस्तो टिप्पणी गरेका हुन्।

‘रविजीको अहिलेको पक्राउलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिनँ,’राउतले सामाजिक सञ्जालमा लेखेका छन्,‘यो सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो, भावी पुस्ताको स्वर्णीम भविष्यलाई भ्रूणमा नै हत्या गर्न खोजिएको हो। यो पक्राउ राज्यद्वारा फ्रेमिङ्ग गरिएको हो।’

आफूहरूको धरातल र एजेण्डा फरक भए पनि लोकतन्त्रमा प्रतिशोध र निषेधको राजनीति हुनुहुँदैन भन्नेमा मतैक्यता रहेको उनले उल्लेख गरेका छन्।

राउतले आफूलाई पनि कानुनको दुरुपयोग गरी राज्यले पटकपटक पक्राउ गरेको स्मरण गर्दै राज्यले चाहेमा हिँडिरहेको र सुतिरहेको मान्छेलाई पनि थुन्न सक्ने उल्लेख गरेका छन् । राउतले लामिछाने यो प्रकरणबाट सफलतापूर्वक बाहिर निस्किने विश्वास पनि व्यक्त गरेका छन् ।

राउतको प्रतिक्रिया

रविजीको अहिलेको पक्राउलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिन । यो सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो, भावी पुष्ताको स्वर्णिम भविष्यलाई भ्रूणमा नै हत्या गर्न खोजिएको हो। यो पक्राउ राज्यद्वारा फ्रेमिङ्ग गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्