Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

सीके राउतको टिप्पणी– रवि लामिछाने पक्राउ पर्नु प्रतिशोध हो

२ कार्तिक २०८१, शुक्रबार १६:२४

२ कात्तिक, काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा सिके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको पक्राउलाई प्रतिशोध र निषेधको संज्ञा दिएका छन् ।

शुक्रबार सभापति लामिछाने पक्राउ परेपछि डा राउतले सामाजिक संजाल फेसबुकमा एक स्टाटस शेयर गर्दै यस्तो टिप्पणी गरेका हुन् ।सहकारी ठगी प्रकरणमा प्रहरीले लामिछानेले पक्राउ गरेपछि राउतले यस्तो टिप्पणी गरेका हुन्।

‘रविजीको अहिलेको पक्राउलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिनँ,’राउतले सामाजिक सञ्जालमा लेखेका छन्,‘यो सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो, भावी पुस्ताको स्वर्णीम भविष्यलाई भ्रूणमा नै हत्या गर्न खोजिएको हो। यो पक्राउ राज्यद्वारा फ्रेमिङ्ग गरिएको हो।’

आफूहरूको धरातल र एजेण्डा फरक भए पनि लोकतन्त्रमा प्रतिशोध र निषेधको राजनीति हुनुहुँदैन भन्नेमा मतैक्यता रहेको उनले उल्लेख गरेका छन्।

राउतले आफूलाई पनि कानुनको दुरुपयोग गरी राज्यले पटकपटक पक्राउ गरेको स्मरण गर्दै राज्यले चाहेमा हिँडिरहेको र सुतिरहेको मान्छेलाई पनि थुन्न सक्ने उल्लेख गरेका छन् । राउतले लामिछाने यो प्रकरणबाट सफलतापूर्वक बाहिर निस्किने विश्वास पनि व्यक्त गरेका छन् ।

राउतको प्रतिक्रिया

रविजीको अहिलेको पक्राउलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिन । यो सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो, भावी पुष्ताको स्वर्णिम भविष्यलाई भ्रूणमा नै हत्या गर्न खोजिएको हो। यो पक्राउ राज्यद्वारा फ्रेमिङ्ग गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्