Trending
नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |     दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ नेपालगन्जमा सुरु     |     ‘परान’ आजदेखि प्रदर्शनमा     |     सुर्खेतमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ     |     भारत–अमेरिका बीच दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर     |     सुनको मूल्य बढ्यो     |     नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |    
समाचार

लामिछानेलाई अदालतमा उभ्याउनुअघि रास्वपाले आज काठमाडौं र पोखरामा प्रदर्शन गर्दै

३ कार्तिक २०८१, शनिबार ०४:३३

३ कात्तिक,पोखरा। सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा शुक्रबार काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा पुर्याइएको छ।

शुक्रबार साँझ काठमाडौंबाट पक्राउ परेका पूर्वगृहमन्त्री एवं सांसदसमेत रहेका लामिछानेलाई प्रहरीले शनिबार सडक मार्ग हुँदै विहान तीन बजे पोखरा पुर्याएको हो।

पूर्व गृहमन्त्री समेत रहेका सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले शनिबार काठमाडौँ र पोखरामा प्रदर्शनको तयारी गरेको हो ।

शनिबार बिहान ११ बजे पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा र दिउँसो १ बजे काठमाडौँको माइतीघरमा राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यवद्धताका लागि रास्वपाले सबैमा अपिल गरेको छ । शनिबार साँझ काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई गएराति नै प्रहरीले पोखरा पुर्‍याएको छ ।

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।  लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी शनिबार बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको छ ।

आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै लामिछननेलाई अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।  जिल्ला अदालत कास्कीले उनीसहित १४ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले संगठित अपराध र सहकारी ठगीमा मुद्दा चलाउनेछ ।

प्रतिक्रिया दिनुहोस्