Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

हेटौंडाको पल्पसा प्याराडाइजमा एकजना मृत फेला

३ कार्तिक २०८१, शनिबार ०४:४१

३ कात्तिक,हेटौँडा। काठमाडौँ घर भएका एक पुरुष हेटौँडामा मृत भेटिएका छन्। काठमाडौँ महानगरपालिका–७ चावहिलका ४६ वर्षीय अजय मानन्धर हेटौँडाको एक होटलको कोठामा मृत भेटिएका हुन्।

हेटौँडा–२ स्थित पल्पसा प्याराडाईज होटलको तेस्रो तल्लाको ४०२ नम्बरको कोठामा मानन्धर मृत फेला परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौँडामा रहेको मामाघर आएका उनी उक्त होटलमा बास बसेको पाइएको प्रहरीले जनाएको छ। मानन्धरका साथीहरुले फोन गर्दा उनको फोन नउठेपछि शुक्रबार (हिजो) अपराह्न ४ बजेतिर सोही होटलमा आएर ढोका खोली हेर्दा मानन्धर मृत अवस्थामा भेटाएका हुन्।

मानन्धर गत असोज २७ गते मामाघर आएको खुलेको छ। कार्तिक १ गते अर्थात् गत बिहीबार काठमाडौँ फकर्ने भन्दै उनी मामाघरबाट निस्किएका थिए। त्यसरात उनी सोही होटलमा बसेका थिए।

शुक्रबार उनको साथीहरुले फोन गर्दा फोन नउठाए पछि शुक्रबार दिउँसो सोही होटलको ढोका खोली हेर्दा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्याम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्