Trending
नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |     दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ नेपालगन्जमा सुरु     |     ‘परान’ आजदेखि प्रदर्शनमा     |     सुर्खेतमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ     |     भारत–अमेरिका बीच दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर     |     सुनको मूल्य बढ्यो     |     नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |    
समाचार

हेटौंडाको पल्पसा प्याराडाइजमा एकजना मृत फेला

३ कार्तिक २०८१, शनिबार ०४:४१

३ कात्तिक,हेटौँडा। काठमाडौँ घर भएका एक पुरुष हेटौँडामा मृत भेटिएका छन्। काठमाडौँ महानगरपालिका–७ चावहिलका ४६ वर्षीय अजय मानन्धर हेटौँडाको एक होटलको कोठामा मृत भेटिएका हुन्।

हेटौँडा–२ स्थित पल्पसा प्याराडाईज होटलको तेस्रो तल्लाको ४०२ नम्बरको कोठामा मानन्धर मृत फेला परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौँडामा रहेको मामाघर आएका उनी उक्त होटलमा बास बसेको पाइएको प्रहरीले जनाएको छ। मानन्धरका साथीहरुले फोन गर्दा उनको फोन नउठेपछि शुक्रबार (हिजो) अपराह्न ४ बजेतिर सोही होटलमा आएर ढोका खोली हेर्दा मानन्धर मृत अवस्थामा भेटाएका हुन्।

मानन्धर गत असोज २७ गते मामाघर आएको खुलेको छ। कार्तिक १ गते अर्थात् गत बिहीबार काठमाडौँ फकर्ने भन्दै उनी मामाघरबाट निस्किएका थिए। त्यसरात उनी सोही होटलमा बसेका थिए।

शुक्रबार उनको साथीहरुले फोन गर्दा फोन नउठाए पछि शुक्रबार दिउँसो सोही होटलको ढोका खोली हेर्दा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्याम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्