Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

दिल्लीको एयर क्वालिटी इन्डेक्स खतरनाक श्रेणीमा

३ कार्तिक २०८१, शनिबार ०६:३५

३ कात्तिक,काठमाडौँ। भारतको राजधानी दिल्लीको एयर क्वालिटी इन्डेक्स खतरनाक श्रेणीमा पुगेको छ ।

प्रदूषणको स्तर मापन गर्ने आइक्यूएयरका अनुसार शनिवार बिहान दिल्लीको एयर क्वालिटी इन्डेक्स ४२७ रहेको छ । यो हाल विश्वकै कुनै पनि शहरको प्रदूषण स्तरमा सबै भन्दा बढी हो । यस्तो अवस्थामा आगामी दिनमा मानिसहरूलाई श्वासप्रश्वासमा थप समस्या हुन सक्ने चेतावनी दिइएको छ ।

दिल्लीमा १३ प्रदुषण हटस्पट छन् । दिल्ली सरकारले प्रदूषण न्यूनीकरणका लागि समन्वय समिति गठन गरेर धुलो प्रदुषण कम गर्न राजधानीमा ८० वटा मोबाइल एन्टी स्मोग गन राखिएको बतएको छ ।

दिल्लीपछि पाकिस्तानको लाहोर शहरको एयर क्वालिटी इन्डेक्स ४१२ रहेको छ । यस सूचीमा काठमाडौँको एयर क्वालिटी इन्डेक्स अहिले १६२ रहेको छ जुन अस्वस्थ्य मानिन्छ ।

१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था (खतरनाक) मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्