Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

सभामुखलाई दिइयो सांसद लामिछाने पक्राउ परेको जानकारी

३ कार्तिक २०८१, शनिबार १०:००

३ कात्तिक,काठमाडौँ। कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने पक्राउ परेको जानकारी सभामुख देवराज घिमिरेलाई गराएको छ।

सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले शनिवार सो सम्बन्धी सुचना प्रकाशन गरिएको जानकारी दिए । संसदलाई जानकारी गराइएको सूचनामा लेखिएको छ, ‘चितवन जिल्ला क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सदस्य रवि लामिछानेलाई कास्की जिल्ला अदालतको मिति २०८१–०७–०२ गतेको पक्राउ अनुमति बमोजिम फौजदारी कसुरको अनुसन्धानको क्रममा पक्राउ गरिएकोले नेपालको संविधानको धारा १०३ को उपधारा ६ बमोजिम जानकारी गराइएको भन्ने समेत ब्यहोराको जिल्ला प्रहरी कार्यालय, कास्की, अपराध अनुसन्धान तथा कारबाही शाखाको प.सं. २०८१–०८२ च.नं. ७०२७ मिति २०८१–०७–०२ गतेको पत्रबाट सम्माननीय सभामुखज्यूलाई लेखी आएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम २ को प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम २ मा संसद् बैठक नचलेको अवस्थामा सांसद पक्राउ सम्बन्धी सूचना प्राप्त भएमा सभामुखले सचिवालयको सूचना पाटीमा सोको सूचना टाँस गर्न लगाई सार्वजनिक गर्न लगाउनेछ’ भन्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्