Trending
नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |     दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ नेपालगन्जमा सुरु     |     ‘परान’ आजदेखि प्रदर्शनमा     |     सुर्खेतमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ     |     भारत–अमेरिका बीच दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर     |     सुनको मूल्य बढ्यो     |     नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |    
समाचार

सभामुखलाई दिइयो सांसद लामिछाने पक्राउ परेको जानकारी

३ कार्तिक २०८१, शनिबार १०:००

३ कात्तिक,काठमाडौँ। कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने पक्राउ परेको जानकारी सभामुख देवराज घिमिरेलाई गराएको छ।

सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले शनिवार सो सम्बन्धी सुचना प्रकाशन गरिएको जानकारी दिए । संसदलाई जानकारी गराइएको सूचनामा लेखिएको छ, ‘चितवन जिल्ला क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सदस्य रवि लामिछानेलाई कास्की जिल्ला अदालतको मिति २०८१–०७–०२ गतेको पक्राउ अनुमति बमोजिम फौजदारी कसुरको अनुसन्धानको क्रममा पक्राउ गरिएकोले नेपालको संविधानको धारा १०३ को उपधारा ६ बमोजिम जानकारी गराइएको भन्ने समेत ब्यहोराको जिल्ला प्रहरी कार्यालय, कास्की, अपराध अनुसन्धान तथा कारबाही शाखाको प.सं. २०८१–०८२ च.नं. ७०२७ मिति २०८१–०७–०२ गतेको पत्रबाट सम्माननीय सभामुखज्यूलाई लेखी आएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम २ को प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम २ मा संसद् बैठक नचलेको अवस्थामा सांसद पक्राउ सम्बन्धी सूचना प्राप्त भएमा सभामुखले सचिवालयको सूचना पाटीमा सोको सूचना टाँस गर्न लगाई सार्वजनिक गर्न लगाउनेछ’ भन्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्