Trending
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त     |     ढुंगा लागेर सल्यानमा एक जनाको मृत्यु     |     सुर्खेतमा नक्कली विवाहमार्फत ठगी गर्ने दुई जना पक्राउ     |     नेपाल–अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगो : परराष्ट्रमन्त्री     |     सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन     |     एनपिएल खेल्न अष्ट्रेलियाका क्रिस लिन आउँदै !     |     पोस्टरसहित चलचित्र ‘जूबा’को घोषणा     |     यु–२३ एसियन कप छनोट: नेपालले आज ताजिकिस्तानसँग खेल्दै     |     सुनको मूल्य हालसम्मकै उच्च     |     नेपाल ‘ए’ टोलीले जित्यो आसामविरुद्धको सिरिज     |    
समाचार

लामिछाने पक्राउको विरोधमा रास्वपाको पोखरामा प्रदर्शन

३ कार्तिक २०८१, शनिबार १०:०६

३ कात्तिक,काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा समर्थकहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरूले पोखराको चिप्लेढंगास्थित मानवअधिकार चोकमा जम्मा भएर नाराबाजी गरेका हुन् । प्रदर्शनमा रास्वपाका केन्द्रीय नेताहरूदेखि विभिन्न जिल्लाबाट पोखरा पुगेका नेता कार्यकर्ताको उपस्थिति रहेको छ ।

शनिबार काठमाडौँको माइतीघरमा भेला भएर उनीहरुले विरोध प्रदर्शन गरेका हुन्। माइतीघरबाट सुरु भएको विरोध र्‍याली बिजुलीबजार पुगेर पुनः माइतीघर फर्किएको थियो। प्रदर्शनमा सहभागीहरुले ‘सहकारी पीडितलाई न्याय दे, भ्रष्ट सरकार मुर्दावाद, दोषीलाई च्याप्ने, निर्दोषलाई न्याक्ने, भाटभूटानी सरकार मुर्दावाद, सरकार मर्‍यो, जनतालाई जुठो पर्‍यो’लगायतका प्लेकार्ड बोकी नारा लगाएका थिए।

लामिछानेविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए लगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले लामिछानेलाई शुक्रबार साँझ बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो ।

रास्वपाले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै विरोध गर्ने बताएको छ । सहकारी ठगी सम्बन्धी छानविन गर्न बनेको संसदीय विशेष समितिले सहकारी ठगीमा संलग्नता नरहेको प्रतिवेदन दिएपछि पनि प्रतिशोध साँधेर पक्राउ गरेको आरोप उनीहरुले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्