Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने

४ कार्तिक २०८१, आईतवार ०२:५८

४ कात्तिक,काठमाडौं। सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने भएको छ।

ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने, नागरिक एप मार्फत मोबाइलमा लाइसेन्स उपलब्ध गराइने उनले उल्लेख गरेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार, सवारी नियम उल्लंघन भएमा ट्राफिक प्रहरीले चिट काट्दा तत्कालै डिजिटल पेमेन्ट गर्न सकिने व्यवस्था पनि लागू हुनेछ।

अब ट्रायल पास भएपछि नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन्।

सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको बताएका छन् ।

आजदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने भएको उनले बताए । नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको र कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा लागेको प्रधानमन्त्री ओलीले बताएका छन् । यसबाट राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्