Trending
लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |     दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ नेपालगन्जमा सुरु     |     ‘परान’ आजदेखि प्रदर्शनमा     |     सुर्खेतमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ     |     भारत–अमेरिका बीच दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर     |     सुनको मूल्य बढ्यो     |    
समाचार

भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिमल्सिनालाई एमालेले सोध्यो स्पष्टीकरण

४ कार्तिक २०८१, आईतवार १३:५८

४ कार्तिक, काठमाडौं। पार्टी निर्णय बिपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले भीम रावल सहित तीन जनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

आइतबार बसेको सचिवालय बैठकले नेता रावलसहित बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।महासचिव शंकर पोखरेलले पाण्डे र तिमिल्सिनाले कीर्तिपुरमा निर्माण भइरहेको पार्टी कार्यालयको विरूद्धमा बोलेकाले स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिएका छन्।

त्यस्तै पार्टीको नीतिविपरित गतिविधि गरेको भन्दा नेता रावललाई स्पष्टीकरण सोध्ने निर्णय भएको उनले बताए। बैठकमा समसामयिक विषयवस्तुमा छलफल भएको पोखरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्