Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिमल्सिनालाई एमालेले सोध्यो स्पष्टीकरण

४ कार्तिक २०८१, आईतवार १३:५८

४ कार्तिक, काठमाडौं। पार्टी निर्णय बिपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले भीम रावल सहित तीन जनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

आइतबार बसेको सचिवालय बैठकले नेता रावलसहित बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।महासचिव शंकर पोखरेलले पाण्डे र तिमिल्सिनाले कीर्तिपुरमा निर्माण भइरहेको पार्टी कार्यालयको विरूद्धमा बोलेकाले स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिएका छन्।

त्यस्तै पार्टीको नीतिविपरित गतिविधि गरेको भन्दा नेता रावललाई स्पष्टीकरण सोध्ने निर्णय भएको उनले बताए। बैठकमा समसामयिक विषयवस्तुमा छलफल भएको पोखरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्