Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्दै

५ कार्तिक २०८१, सोमबार ०६:१८

५ कार्तिक,काठमाडौं। पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि पोखरामा प्रदर्शन गर्दैछ। रास्वपाले मध्यान्ह १२ पृथ्वीचोकमा प्रदर्शन गर्न लागेको हो।

राजनीतिक प्रतिशोधविरुद्धको भनिएको ऐक्यबद्धताका लागि दिउँसो १२ बजेपछि पोखराको पृथ्वीचोकमा प्रदर्शन गर्न लागेको हो । रास्वपाले नेता कार्यकर्तालाई विरोध कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर शनिबार बिहान पोखरा ल्याइएको थियो । शनिबारदेखि नै रास्वपाले विरोध प्रदर्शन गरीरहेको छ ।

शनिवार चिप्लेढुंगास्थित मानवअधिकार चोकमा प्रदर्शन गरेकोमा आइतबार जिल्ला प्रशासन कार्यालय अगाडी सहिदचोकमा उनीहरूले विरोध प्रदर्शन गरे । जिल्ला प्रशासन कार्यालयले शहिदचोक आसपास र जिल्ला प्रहरी कार्यालय गैरापाटन आसपास निषेधाज्ञा जारी गरेको छ । आइतबार रास्वपाका समर्थकले निषेधाज्ञा तोडेर सहिदचोकमा प्रदर्शन गरेका थिए ।

निषेधित क्षेत्रबाट भीड हटाउन खोज्दा दिनभर जसो प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेला भयो । प्रहरीले भीड नियन्त्रणमा लिनलाई पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो । पछि रास्वपाका नेता कार्याकर्ता नाराबाजी गर्दै पृथ्वीचोकमा पुगेर कोणसभा भएको थियो । आइतबार जिल्ला अदालत कास्कीमा पेश गरिएकोमा रविलाई पक्राउ परेको दिनबाट ६ दिनसम्म हिरासतमा राखेर म्याद थप्न प्रहरीले अनुमति पाएको छ ।

प्रतिक्रिया दिनुहोस्