Trending
लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |     दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ नेपालगन्जमा सुरु     |     ‘परान’ आजदेखि प्रदर्शनमा     |     सुर्खेतमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ     |     भारत–अमेरिका बीच दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर     |     सुनको मूल्य बढ्यो     |    
समाचार

रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्दै

५ कार्तिक २०८१, सोमबार ०६:१८

५ कार्तिक,काठमाडौं। पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि पोखरामा प्रदर्शन गर्दैछ। रास्वपाले मध्यान्ह १२ पृथ्वीचोकमा प्रदर्शन गर्न लागेको हो।

राजनीतिक प्रतिशोधविरुद्धको भनिएको ऐक्यबद्धताका लागि दिउँसो १२ बजेपछि पोखराको पृथ्वीचोकमा प्रदर्शन गर्न लागेको हो । रास्वपाले नेता कार्यकर्तालाई विरोध कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर शनिबार बिहान पोखरा ल्याइएको थियो । शनिबारदेखि नै रास्वपाले विरोध प्रदर्शन गरीरहेको छ ।

शनिवार चिप्लेढुंगास्थित मानवअधिकार चोकमा प्रदर्शन गरेकोमा आइतबार जिल्ला प्रशासन कार्यालय अगाडी सहिदचोकमा उनीहरूले विरोध प्रदर्शन गरे । जिल्ला प्रशासन कार्यालयले शहिदचोक आसपास र जिल्ला प्रहरी कार्यालय गैरापाटन आसपास निषेधाज्ञा जारी गरेको छ । आइतबार रास्वपाका समर्थकले निषेधाज्ञा तोडेर सहिदचोकमा प्रदर्शन गरेका थिए ।

निषेधित क्षेत्रबाट भीड हटाउन खोज्दा दिनभर जसो प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेला भयो । प्रहरीले भीड नियन्त्रणमा लिनलाई पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो । पछि रास्वपाका नेता कार्याकर्ता नाराबाजी गर्दै पृथ्वीचोकमा पुगेर कोणसभा भएको थियो । आइतबार जिल्ला अदालत कास्कीमा पेश गरिएकोमा रविलाई पक्राउ परेको दिनबाट ६ दिनसम्म हिरासतमा राखेर म्याद थप्न प्रहरीले अनुमति पाएको छ ।

प्रतिक्रिया दिनुहोस्