Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

५ कार्तिक २०८१, सोमबार ०६:३३

५ कार्तिक,काठमाडौं। सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ पाँच बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्नेछ । बैठकका एजेन्डाबारे भने जानकारी गराइएको छैन ।

यद्यपि आजको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे केही aनिर्णय हुनसक्ने बुझिएको छ । प्रधानमन्त्री ओलीले अध्यादेशबारे नेपाली कांग्रेसलगायतका दलसँग छलफल अघि बढाइसकेका छन् । यसअघि गत शुक्रबार मन्त्रिपरिषद् बैठक बसेको थियो ।

सो बैठकले संक्रमणकालीन सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि सिफारिस समिति गठन गरेको थियो । त्यस्तै, जलन प्रभावितको निःशुल्क उपचार गर्ने लगायतका निर्णय सो बैठकबाट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्