Trending
लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |     दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ नेपालगन्जमा सुरु     |     ‘परान’ आजदेखि प्रदर्शनमा     |     सुर्खेतमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ     |     भारत–अमेरिका बीच दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर     |     सुनको मूल्य बढ्यो     |    
समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

५ कार्तिक २०८१, सोमबार ०६:३३

५ कार्तिक,काठमाडौं। सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ पाँच बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्नेछ । बैठकका एजेन्डाबारे भने जानकारी गराइएको छैन ।

यद्यपि आजको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे केही aनिर्णय हुनसक्ने बुझिएको छ । प्रधानमन्त्री ओलीले अध्यादेशबारे नेपाली कांग्रेसलगायतका दलसँग छलफल अघि बढाइसकेका छन् । यसअघि गत शुक्रबार मन्त्रिपरिषद् बैठक बसेको थियो ।

सो बैठकले संक्रमणकालीन सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि सिफारिस समिति गठन गरेको थियो । त्यस्तै, जलन प्रभावितको निःशुल्क उपचार गर्ने लगायतका निर्णय सो बैठकबाट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्