Trending
लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |     दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ नेपालगन्जमा सुरु     |     ‘परान’ आजदेखि प्रदर्शनमा     |     सुर्खेतमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ     |     भारत–अमेरिका बीच दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर     |     सुनको मूल्य बढ्यो     |    
समाचार

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन प्रचण्ड बालुवाटारमा

५ कार्तिक २०८१, सोमबार १४:३८

५ कार्तिक,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी दलहरूले ज्ञापनपत्र बुझाउने समय सरेको छ ।

बाढी पहिरोबाट पीडित भएकाहरूको राहत तथा पुनर्स्थापना, सरकारको कमजोरी, जनजीविका, सुशासन लगायत विषयमा प्रधानमन्त्री केपी ओलीलाई  ज्ञापनपत्र बुझाउन प्रचण्ड बालुवाटार पुगेका हुन् ।

कार्यदलमा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल रहेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी लगायतका दलको बैठकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।

बाढीपहिरोबाट ठूलो क्षति हुँदा पनि सरकार राहत तथा उद्धारमा असफल भएको विपक्षी दलको निष्कर्ष छ । संसदको विशेष अधिवेशन बोलाउन माग गर्नेसम्मको विपक्षी दलको तयारी छ ।आज जुम्ला पुगेका प्रचण्डले सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको उल्लेख गर्दै अब सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरू गर्ने बताएका थिए।

प्रचण्डले भनेका थिए ‘आज मात्रै हामी विपक्षी दलहरूको तर्फबाट सरकारलाई ज्ञापन पत्र दिँदैछौं र सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरू हुन्छन् ।’

प्रतिक्रिया दिनुहोस्