Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

राष्ट्रिय युवा संघ नेपालले एआई सम्मेलन गर्ने

६ कार्तिक २०८१, मंगलवार १४:२२

६ कार्तिक,काठमाडौँ। सत्तारुढ दल नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल राजनीतिक गतिविधिको साटो प्राविधिक गतिविधिमा लाग्दै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन गर्ने भएको छ।

एआई सम्मेलनबाट विश्व बजारमा भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजमा जानकारी दिने उद्देश्य रहेको सङ्घले जनाएको छ।

सम्मेलनको तयारी बैठकका क्रममा अध्यक्ष क्षितिज थेबेले सूचना प्रविधिको वर्तमान युग ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा पुगिसकेको बताउँदै यसबाट नेपाली समाजमा पर्न सक्ने प्रभाव र लिन सक्नुपर्ने लाभबारे सम्मेलन केन्द्रित हुने बताए।

सम्मेलनमा १००० जना सहभागी हुने छन जसमा ५०० जना सङ्घबाट सिफारिस गरेका प्रतिनिधि हुन्छन भने बाकी ५०० जनाको कोट खुल्ला गरिएको छ। खुल्ला कोटमा सबै इच्छुक युवाहरूले फर्म भरी प्रतिनिधि हुनको लागि आवेदन दिन सक्ने संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्