Trending
एसईईमा ४.० जिपिए ल्याउने बाँकेकी सृजना डि.सी. पहिलो विद्यार्थी     |     विद्युत् प्राधिकरणद्वारा सात चार्जिङ स्टेसनलाई थप बजेट, १ करोडभन्दा बढी विनियोजन     |     सीजी इलेक्ट्रोनिक्सद्वारा ‘मेरिडिया ५५ इन्च क्यूएलईडी काराओके टीभी’ सार्वजनिक     |     धितोपत्र बजार पुँजीकरणमा रेकर्ड ब्रेक, ४४ खर्ब २३ अर्ब पुग्यो     |     प्रधानमन्त्रीसहितको टोली रसुवाको बाढीग्रस्त क्षेत्रमा जाँदै     |     खानेपानीको व्यवस्था गर्न नसक्ने खानेपानी मन्त्रालय खारेज गर्नुपर्ने प्रभु साहको सुझाव     |     मुख्यमन्त्री कँडेलले गुरुयोजना निर्माणलाई दिए प्राथमिकता     |     जाजरकोट डिभिजन वन प्रमुखमाथि कार्यकक्षमै हातपात     |     खानेपानीको माग गर्दै सुकुम्बासीले गरे आन्दोलनको घोषणा     |     गृहमन्त्रीसंग प्रभु साहको प्रश्न, ‘तपाईहरुको कमाण्डमा सुरक्षा निकाय छ की छैन ?’     |    
समाचार

टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरु अब इटहरीमा, के छन् त अफर ?

६ कार्तिक २०८१, मंगलवार १४:२४

६ कार्तिक, काठमाडौँ। नेपालको लागि टाटा मोटर्सको एक मात्रै अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रा. लि.ले कोशी प्रदेशस्थित इटहरीमा विशेष औपचारिक कार्यक्रमकाबीच टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरु सार्वजनिक गरेको छ ।

दशैं–तिहार विशेष छुट अफरसहित सुलभ मूल्यमा आफ्ना ग्राहक महानुभावहरुको खुसियालीको सारथीकै रुपमा नयाँ मोडेल ल्याइएको जनाइएको छ ।

टाटाद्वारा सार्वजनिक नयाँ मोडेलका उक्त गाडीहरुको मूल्य फरक–फरक रहेको छ । ग्राहकहरुले एसीइभी फ्ल्याटबेड २१ लाख ९९ हजार रुपैयाँमा पाउन सक्नेछन् भने टाटाकै सिएलभी विद्युतीय गाडीका लागि २२ लाख ७९ हजारमा उपलब्ध गराउन सकिने टाटाको अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रा. लि.ले जनाएको छ ।

कम्पनीले पहिलो एक हप्ता भित्र बुकिङ्ग गर्ने ग्राहकलाई यस योजना अन्तर्गत टाटाका माथि उल्लेखित गाडीहरुमा ५० हजारसम्मको विशेष नगद छुटको व्यवस्था समेत गरेको छ। यसका अतिरिक्त ग्राहकहरुले उक्त गाडीहरुको खरिदमा एक वर्षका लागि निःशुल्क विमाको सुविधा, तीन पटकसम्म गाडी निःशुल्क सर्भिसिङ्ग, एक वर्षका लागि सवारी कर, आकर्षक एक्सचेञ्ज बोनस दिइनुका साथै गाडी नामसारी गर्दा लाग्ने खर्चसमेत कम्पनी आफैँले नै व्यहोर्ने लगायतका विभिन्न खाले थप सेवा÷सुविधा प्रदान गरिएको कम्पनीले कार्यक्रममा जानकारी दिएको छ।

कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका कोशी प्रदेशका सचिव लाल बहादुर कार्की, उद्योग वाणिज्य संघ, इटहरीका महासचिव पिताम्वर पोख्रेल, नेपाल वितरक महासंघ कोशी प्रदेश महासचिव राजेश खनाल, सिप्रदीका च्यानल पार्टनरहरु लगायत यातायात क्षेत्रसँग आबद्ध रहेका विशिष्ट व्यक्तित्वहरुको समु–उपस्थितिमा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का सहायक महाप्रबन्धक दिवश बाबु सुबेदीले विद्युतीय गाडीहरुको फाइदा र सञ्चालनका हिसावले अत्यन्तै किफायती, सहज र सुविधायुक्त हुनुका साथै सुरक्षाका दृष्टिकोणले समेत टाटाका गाडीहरु सुरक्षित देखिएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्