Trending
एसईईमा ४.० जिपिए ल्याउने बाँकेकी सृजना डि.सी. पहिलो विद्यार्थी     |     विद्युत् प्राधिकरणद्वारा सात चार्जिङ स्टेसनलाई थप बजेट, १ करोडभन्दा बढी विनियोजन     |     सीजी इलेक्ट्रोनिक्सद्वारा ‘मेरिडिया ५५ इन्च क्यूएलईडी काराओके टीभी’ सार्वजनिक     |     धितोपत्र बजार पुँजीकरणमा रेकर्ड ब्रेक, ४४ खर्ब २३ अर्ब पुग्यो     |     प्रधानमन्त्रीसहितको टोली रसुवाको बाढीग्रस्त क्षेत्रमा जाँदै     |     खानेपानीको व्यवस्था गर्न नसक्ने खानेपानी मन्त्रालय खारेज गर्नुपर्ने प्रभु साहको सुझाव     |     मुख्यमन्त्री कँडेलले गुरुयोजना निर्माणलाई दिए प्राथमिकता     |     जाजरकोट डिभिजन वन प्रमुखमाथि कार्यकक्षमै हातपात     |     खानेपानीको माग गर्दै सुकुम्बासीले गरे आन्दोलनको घोषणा     |     गृहमन्त्रीसंग प्रभु साहको प्रश्न, ‘तपाईहरुको कमाण्डमा सुरक्षा निकाय छ की छैन ?’     |    
समाचार

नेतृत्वमा बसेकाहरूको कमजोरीका कारण जनता निराश भए : मुख्यमन्त्री आचार्य

७ कार्तिक २०८१, बुधबार १०:३९

७ कार्तिक,नेपालगन्ज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण  आचार्यले  सुशासन कायम भए भ्रष्टाचार न्यूनीकरण हुँदै जाने बताएका छन् ।

प्रदेश सरकारद्वारा आज यहाँ ‘सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरणसम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजना’ मस्यौदाका सम्बन्धमा आयोजित छलफलमा उनले सुशासन कायम नहुँदा भ्रष्टाचार बढ्दै गएको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री आचार्यले  भ्रष्टाचार न्यूनीकरणका लागि पाँच वर्षे रणनीति योजना ल्याइएको बताउँदै यसलाई मन्त्रिपरिषदबाट पास गरी कार्यान्वयनमा लैजाने जानकारी दिए । उनले लुम्बिनी प्रदेश सरकार भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन अभिवृद्धि गर्ने, जनता केन्द्रित विकास, निर्माणमा सक्रिय रूपमा लागेको उल्लेख गरे ।

“सरकारले केही नयाँ ढङ्गले काम गर्न खोजिरहेको छ”, मुख्यमन्त्री  आचार्यले  भने, “सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरणसम्बन्धी पाँच वर्षे रणनीतिक कार्य योजनामा सार्वजनिक निकायको प्रदेमा आवश्यकता, नागरिकको अपेक्षा, आर्थिक स्रोतको उपलब्धता, दिगोपनालगायत आधारमा काम गर्ने विषयलाई प्राथमिकता दिएको छ ”

मस्यौदामा नैतिकता तथा सदाचारिता प्रवर्द्धन, व्यावसायिक अभिवृद्धि, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक पदाधिकारीको नेतृत्व क्षमता विकास, वित्तीय अनुशासन, आयोजना कार्यान्वयन, कानुन तर्जुमा तथा कार्यान्वयन,पारदर्शिता, सामाजिक जबाफदेहिता तथा उत्तरदायित्वलगायत विषयलाई उल्लेख गरिएको छ ।

प्रदेशका सचिव कृष्ण पौडेलले प्रस्तुत गरेको मस्यौदामाथिको छलफलमा सहभागी हुँदै राजनीतिक दल, सामाजिक अभियन्ताले मस्यौदालाई प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्