Trending
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |    
खेलकुद

साफ महिला च्याम्पियनसिप : आज नेपाल र श्रीलङ्का भिड्दै

८ कार्तिक २०८१, बिहीबार ०४:००

८ कात्तिक, काठमाडौँ। साफ महिला फुटबल च्याम्पियनशिपमा आज नेपाल र श्रीलङ्का भिड्दैछन् । समूह चरणको अन्तिम खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुन लागेको हो । त्यसअघि आजै दिउँसो साढे १ बजे माल्दिभ्स र भुटान पनि खेल्दैछन् ।

आज पहिलो खेलमा मालदिभ्स र भुटान भिड्दै छन् भने दोस्रो खेलमा नेपाल र श्रीलङ्का खेल्ने तालिका रहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेल अपराह्न साढे एक बजेदेखि सुरु हुने छ भने दोस्रो खेल साढे ५ बजेदेखि सुरु हुने छ।

समूह बी मा हाल नेपाल २ खेलमा ४ अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने भुटान पनि ४ अङ्कसहित दोस्रो स्थानमा छ। त्यस्तै श्रीलङ्का २ खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा छ। अहिलेसम्म तिनै देशको सेमिफाइनलको सम्भावना कायमै रहेको छ। नेपालका लागि भने श्रीलङ्कासँग बराबरी खेले मात्र पनि सेमिफाइनलको यात्रा निश्चित हुने छ।

यसअघि मंगलबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले पराजित गरेको थियो । नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा छ । पाँच पटकको विजेता भारतलाई पराजित गर्दै बङ्गलादेश साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

मंगलबार भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराएर बङ्गलादेश समूह एको शीर्षमा रहँदै सेमिफाइनलमा पुगेको छ भने भारत समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्