Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
खेलकुद

साफ महिला च्याम्पियनसिप : आज नेपाल र श्रीलङ्का भिड्दै

८ कार्तिक २०८१, बिहीबार ०४:००

८ कात्तिक, काठमाडौँ। साफ महिला फुटबल च्याम्पियनशिपमा आज नेपाल र श्रीलङ्का भिड्दैछन् । समूह चरणको अन्तिम खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुन लागेको हो । त्यसअघि आजै दिउँसो साढे १ बजे माल्दिभ्स र भुटान पनि खेल्दैछन् ।

आज पहिलो खेलमा मालदिभ्स र भुटान भिड्दै छन् भने दोस्रो खेलमा नेपाल र श्रीलङ्का खेल्ने तालिका रहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेल अपराह्न साढे एक बजेदेखि सुरु हुने छ भने दोस्रो खेल साढे ५ बजेदेखि सुरु हुने छ।

समूह बी मा हाल नेपाल २ खेलमा ४ अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने भुटान पनि ४ अङ्कसहित दोस्रो स्थानमा छ। त्यस्तै श्रीलङ्का २ खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा छ। अहिलेसम्म तिनै देशको सेमिफाइनलको सम्भावना कायमै रहेको छ। नेपालका लागि भने श्रीलङ्कासँग बराबरी खेले मात्र पनि सेमिफाइनलको यात्रा निश्चित हुने छ।

यसअघि मंगलबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले पराजित गरेको थियो । नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा छ । पाँच पटकको विजेता भारतलाई पराजित गर्दै बङ्गलादेश साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

मंगलबार भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराएर बङ्गलादेश समूह एको शीर्षमा रहँदै सेमिफाइनलमा पुगेको छ भने भारत समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्