Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

सीआईबी प्रमुख एआईजी थापाको तस्बिर राखेर धम्की दिने खड्का पक्राउ

८ कार्तिक २०८१, बिहीबार ०७:५५

८ कात्तिक,काठमाडौं। मोरङमा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख दिपक थापाको फोटो र नाम अनाधिकृत रुपमा प्रयोग गरि धम्की दिएको आरोपमा  एक युवकलाई  प्रहरीले पक्राउ गरेको छ।

त्यसरी धम्की दिने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका–१ ठुलो मिल चोक बस्ने ३० वर्षीय हमकुमार खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

सीआईबी प्रमुख समेत रहेका थापाको तस्बिर ट्रयु कलर एपमा नामसमेत राखी विभिन्न बित्तिय संस्थासहित व्यक्तिलाई फोन गरेको भनी धाकधम्की दिने खड्कालाई बिराटनगर–१ ठूलो मिल चोकबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा जिम्मा लगाइएको छ।

यसैबीच सीआईबीले आफ्ना कार्यालयका कुनै पनि कर्मचारीका नाममा त्यसरी फोन आएको वा धम्की दिएको पाइए जानकारी गराउनका लागि सर्वसाधारणलाई सूचना गरेको छ।

प्रतिक्रिया दिनुहोस्