Trending
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |    
समाचार

सीआईबी प्रमुख एआईजी थापाको तस्बिर राखेर धम्की दिने खड्का पक्राउ

८ कार्तिक २०८१, बिहीबार ०७:५५

८ कात्तिक,काठमाडौं। मोरङमा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख दिपक थापाको फोटो र नाम अनाधिकृत रुपमा प्रयोग गरि धम्की दिएको आरोपमा  एक युवकलाई  प्रहरीले पक्राउ गरेको छ।

त्यसरी धम्की दिने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका–१ ठुलो मिल चोक बस्ने ३० वर्षीय हमकुमार खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

सीआईबी प्रमुख समेत रहेका थापाको तस्बिर ट्रयु कलर एपमा नामसमेत राखी विभिन्न बित्तिय संस्थासहित व्यक्तिलाई फोन गरेको भनी धाकधम्की दिने खड्कालाई बिराटनगर–१ ठूलो मिल चोकबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा जिम्मा लगाइएको छ।

यसैबीच सीआईबीले आफ्ना कार्यालयका कुनै पनि कर्मचारीका नाममा त्यसरी फोन आएको वा धम्की दिएको पाइए जानकारी गराउनका लागि सर्वसाधारणलाई सूचना गरेको छ।

प्रतिक्रिया दिनुहोस्