Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

बाढीले क्षति गरेको नख्खु खोलाको पानी वितरण गरिने

८ कार्तिक २०८१, बिहीबार ०८:१३

८ कात्तिक,काठमाडौं। गत असोज १२ गतेको अविरल वर्षासँगैको बाढीका कारण मुहानसहित पाइप लाइन बगाएर बन्द भएको ललितपुरको नख्खु खोलाको पानी आज सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याइएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवले नख्खु खोलामा बाढीले बगाएका पाइपलाइन मर्मतसहित बगाएका पाइप नयाँ जडान गरी पानी ल्याउनका लागि निर्देशन दिएसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक लगायतको टोलीले आज बिहान ४ बजे पानी ल्याउन सफल भएको केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले बताए ।

आज बिहान कीर्तिपुरस्थित सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याइएको उक्त पानी बाढी पसेका कारण फोहर भएकाले त्यहाँका खानेपानीका टयाङ्की सफा गरी पानी प्रशोधन गरेर वितरण गर्न मन्त्री यादवले निर्देशन दिएको प्रमुख कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।

अहिले सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा दैनिक ६५ लाख लिटर पानी आइरहेको र उक्त पानी बल्खु, कुमारी क्लब, टेकु, सबल बहाल लगायतका क्षेत्रमा वितरण गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक एवं प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।

बाढीले ललितपुरको नख्खु खोलामा बगाएको ४०० एमएमको करिब २५० मिटर नयाँ पाइप जडान गरि आज बिहान सुन्दरीघाट पानी प्रशोधन केन्द्रमा पानी ल्याइएको केयुकेएलले जनाएको छ ।

मुलुकका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले ५२५ खानेपानी आयोजनामा क्षति पुर्याएको खानेपानी मन्त्रालयले जनाएको छ । बाढीले क्षति गरेका खानेपानीका ती आयोजनाको मर्मत कार्यलाई प्राथमिकता दिँदै पुनस्र्थापना पक्रिया सुरु गरिसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्