Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

गगन थापा र चौथाइवालेबिच भेटवार्ता

८ कार्तिक २०८१, बिहीबार १५:१६

८ कात्तिक,काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारतीय जनता पार्टी भाजपाका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् ।

भारतको नयाँ  दिल्लीमा आयोजित एसिया जलवायु सम्मेलनमा भाग लिन त्यहाँ पुगेका महामन्त्री थापा र विदेश विभाग प्रमुख चौथाइवालेबिच बिहीबार भेटवार्ता भएको हो ।

पार्टी–पार्टीबिचको सम्बन्धको विषयमा कुराकानी हुनुको साथै दुवै देशको कूटनीतिक सम्बन्धलाई अझै कसरी बलियो बनाउने विषयमा कुराकानी भएको बताइएका छ । महामन्त्री थापा नयाँदिल्लीमा भएको एसियाली जलवायु परिवर्तनको शिखर सम्मेलनमा सहभागी हुन दिल्ली गएका हुन् । उनले बुधबार नै शिखर सम्मेलनमा सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्