Trending
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गर्दै मन्त्रालय     |     उज्वेकिस्तानमाथि कोलम्बियाको जित     |     यिरेन्कीको इन्जुरी टाइम गोलले घानाको जीत     |     इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित     |     पोर्चुगल र कंंगोको खेल बराबरीमा     |     व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश     |     झलनाथले मागे प्रचण्ड-माधवको राजीनामा     |     विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस     |     सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै     |     प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन     |    
समाचार

अपहरणमा परेकी महिलाको सकुशल उद्धार, एक युवती पक्राउ

८ कार्तिक २०८१, बिहीबार १५:२०

८ कात्तिक,काठमाडौँ। काठमाडौँको चाल्नाखेलमा बन्धक बनाएर राखिएको महिलालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको छ ।

काठमाडौंको कोटेश्वरबाट अपहरणमा परेका पीडित महिलालाई सकुशल उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिए । बन्धक बनाउने काममा संलग्न एकजना युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

विदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएका हुन् । अपहरणमा संलग्न एकजना फरार छन् ।

प्रतिक्रिया दिनुहोस्