Trending
सूर्य प्लाइ सुदूरपश्चिम रोयल्सको स्ट्रेन्थ पार्टनर     |     सुशीला सरकार, ओली एमाले र देउवा कांग्रेस चुनाव भाँड्न उद्धत छन् : प्रभु साह     |     चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा     |     परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |    
समाचार

अपहरणमा परेकी महिलाको सकुशल उद्धार, एक युवती पक्राउ

८ कार्तिक २०८१, बिहीबार १५:२०

८ कात्तिक,काठमाडौँ। काठमाडौँको चाल्नाखेलमा बन्धक बनाएर राखिएको महिलालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको छ ।

काठमाडौंको कोटेश्वरबाट अपहरणमा परेका पीडित महिलालाई सकुशल उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिए । बन्धक बनाउने काममा संलग्न एकजना युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

विदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएका हुन् । अपहरणमा संलग्न एकजना फरार छन् ।

प्रतिक्रिया दिनुहोस्