Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

इजरायली आक्रमणमा तीन जना पत्रकारको मृत्यु

९ कार्तिक २०८१, शुक्रबार ०७:२३

९ कार्तिक,काठमाडौँ। पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना पत्रकारको मृत्यु हुनुका साथै बेरुतको दक्षिणी उपनगरका भवनहरूमा भौतिक क्षति भएको लेबनानको राष्ट्रिय सञ्चार माध्यामले जनाएको छ ।

लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले हसबायामा भएको उक्त घटनाको रिपोर्ट गरेको थियो । रिर्पोटका अनुसार इजरायलले सिरियाली सीमा नजिकै शुक्रबार बिहान साढे ३ बजे आक्रमण गरेको थियो ।

एनएनएका अनुसार बेरुतको दक्षिणी चौइफत अल–अमरोसिह क्षेत्रमा, इजरायली हामलाले दुई वटा भवनहरू क्षतिग्रस्त बनाएको थियो ।  सेन्ट थेरेस क्षेत्रलाई लक्षित गरी गरिएको आक्रमणमा संवैधानिक परिषद् नजिकैका दुई वटा भवनहरू समेत ढलेको जनाएइको छ ।

इजरायली सेनाका अरबी भाषाका प्रवक्ता अविचे अद्राईले सामाजिक सञ्जाल एक्स मार्फत निकासी चेतावनी जारी गरे पछि बेरुतको दक्षिणमा आक्रमण भएको एनएनएले रिपोर्ट गरेको छ ।

एएफपिटिभीको फुटेजमा आक्रमण पछि बेरुतको दक्षिण बाट धुवाँको मुस्लो उठेको देखाइएको छ ।  केही समय अघि दक्षिण बेरुतको चौइफत क्षेत्रमा नयाँ आक्रमण शुरु गरेको इजरायलले ,  विस्तारै हारेत ह्रीक र हदथलाई पनि लक्षित गरी आक्रमया शुरु गरेको  छ ।

बुधबारको इजरायली आक्रमणले दक्षिण बेरुतमा ६ वटा भवनहरू क्षेतिग्रस्त राष्ट्रिय सञ्चार माध्याम तथा र एएफपी फुटेजले देखाएको थियो भने इजरायली सेनाले हिजबुल्लाह हतियार उत्पादन केन्द्र भित्र आक्रमण गरेको जनाएको छ ।

सेप्टेम्बर–२३ मा, इजरायलले लेबनानमा तीव्र आक्रमण शुरु गरे पछि गाजा युद्धलाई लिएर इरान समर्थित हिजबुल्लाह सँग सीमापार झडप पछि स्थलगत आक्रमणको घोषणा गरेको  छ । पत्रकार संरक्षण समितिले सन् २०२३ अक्टोबरमा इजरायल–हमास युद्ध शुरु भए देखि गाजा, वेस्ट ब्याङ्क, इजरायल र लेबनानमा कम्तिमा १ सय २८ पत्रकारहरुको मृत्यु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्