Trending
नेपाल र बङ्गलादेशबीचको खेल बराबरीमा टुङ्गियो     |     कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त     |     ढुंगा लागेर सल्यानमा एक जनाको मृत्यु     |     सुर्खेतमा नक्कली विवाहमार्फत ठगी गर्ने दुई जना पक्राउ     |     नेपाल–अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगो : परराष्ट्रमन्त्री     |     सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन     |     एनपिएल खेल्न अष्ट्रेलियाका क्रिस लिन आउँदै !     |     पोस्टरसहित चलचित्र ‘जूबा’को घोषणा     |     यु–२३ एसियन कप छनोट: नेपालले आज ताजिकिस्तानसँग खेल्दै     |     सुनको मूल्य हालसम्मकै उच्च     |    
समाचार

इजरायली आक्रमणमा तीन जना पत्रकारको मृत्यु

९ कार्तिक २०८१, शुक्रबार ०७:२३

९ कार्तिक,काठमाडौँ। पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना पत्रकारको मृत्यु हुनुका साथै बेरुतको दक्षिणी उपनगरका भवनहरूमा भौतिक क्षति भएको लेबनानको राष्ट्रिय सञ्चार माध्यामले जनाएको छ ।

लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले हसबायामा भएको उक्त घटनाको रिपोर्ट गरेको थियो । रिर्पोटका अनुसार इजरायलले सिरियाली सीमा नजिकै शुक्रबार बिहान साढे ३ बजे आक्रमण गरेको थियो ।

एनएनएका अनुसार बेरुतको दक्षिणी चौइफत अल–अमरोसिह क्षेत्रमा, इजरायली हामलाले दुई वटा भवनहरू क्षतिग्रस्त बनाएको थियो ।  सेन्ट थेरेस क्षेत्रलाई लक्षित गरी गरिएको आक्रमणमा संवैधानिक परिषद् नजिकैका दुई वटा भवनहरू समेत ढलेको जनाएइको छ ।

इजरायली सेनाका अरबी भाषाका प्रवक्ता अविचे अद्राईले सामाजिक सञ्जाल एक्स मार्फत निकासी चेतावनी जारी गरे पछि बेरुतको दक्षिणमा आक्रमण भएको एनएनएले रिपोर्ट गरेको छ ।

एएफपिटिभीको फुटेजमा आक्रमण पछि बेरुतको दक्षिण बाट धुवाँको मुस्लो उठेको देखाइएको छ ।  केही समय अघि दक्षिण बेरुतको चौइफत क्षेत्रमा नयाँ आक्रमण शुरु गरेको इजरायलले ,  विस्तारै हारेत ह्रीक र हदथलाई पनि लक्षित गरी आक्रमया शुरु गरेको  छ ।

बुधबारको इजरायली आक्रमणले दक्षिण बेरुतमा ६ वटा भवनहरू क्षेतिग्रस्त राष्ट्रिय सञ्चार माध्याम तथा र एएफपी फुटेजले देखाएको थियो भने इजरायली सेनाले हिजबुल्लाह हतियार उत्पादन केन्द्र भित्र आक्रमण गरेको जनाएको छ ।

सेप्टेम्बर–२३ मा, इजरायलले लेबनानमा तीव्र आक्रमण शुरु गरे पछि गाजा युद्धलाई लिएर इरान समर्थित हिजबुल्लाह सँग सीमापार झडप पछि स्थलगत आक्रमणको घोषणा गरेको  छ । पत्रकार संरक्षण समितिले सन् २०२३ अक्टोबरमा इजरायल–हमास युद्ध शुरु भए देखि गाजा, वेस्ट ब्याङ्क, इजरायल र लेबनानमा कम्तिमा १ सय २८ पत्रकारहरुको मृत्यु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्