Trending
सूर्य प्लाइ सुदूरपश्चिम रोयल्सको स्ट्रेन्थ पार्टनर     |     सुशीला सरकार, ओली एमाले र देउवा कांग्रेस चुनाव भाँड्न उद्धत छन् : प्रभु साह     |     चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा     |     परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |    
समाचार

माओवादी केन्द्रले काठमाडौंमा भोलि तीस हजार बढी कार्यकर्ता सडकमा उतार्ने

९ कार्तिक २०८१, शुक्रबार ०७:२९

९ कार्तिक,काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध गर्न लागेको सभाको तयारी पूरा भएको जनाएको छ। माओवादीले शनिबार काठमाडौंमा खबरदारी सभा गर्ने भएको हो।

माओवादीले शनिबार काठमाडौंमा खबरदारी सभा गर्ने भएको हो।  सभालाई अध्यक्ष पुष्पकमल दाहालले सम्वोधन गर्नेछन्। प्रदर्शनमा ३० हजार कार्यकर्ता काठमाडौंमा उतार्ने माओवादीको तयारी छ। प्रदर्शनमा पार्टीका सबै जनवर्गीय संगठनलाई  सहभागी हुन माओवादी केन्द्रले निर्देशन दिएको छ ।

माओवादीले भ्रष्टाचार र बेथितिविरुद्ध देशैभरी कार्यक्रम गर्ने जनाएको छ। माओवादीका अनुसार बिहान साढे ११ बजे भद्रकाली, सुन्धारा र काठमाडौं मल अगाडि कार्यकर्ताहरु भेला हुनेछन्।

त्यसपछि जुलुस सुरु हुने छ। जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डप अगाडीको सडकमा पुगेर सभामा परिणत हुने छ।

सहभागीहरुले राष्ट्रिय झण्डा, पार्टीको झण्डा, ब्यानर, नारा लेखिएका प्लेकार्ड बोकेर आउने उपाध्यक्ष अग्नी सापकोटाले बताए। उनले सरकारले सय दिनमा गरेका काम विरोधसभामै सुनाउने बताए।

सापकोटाका अनुसार प्रदर्शनी मार्गमा हुने जनप्रदर्शनमा सरकारको जनविरोधी क्रियाकलापको भण्डाफोर हुनेछ । ओली नेतृत्वको सरकार सय दिन पुगेलगत्तै माओवादी केन्द्र आक्रामक रूपमा प्रस्तुत हुने तयारीमा छ।

प्रतिक्रिया दिनुहोस्