Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

माओवादी केन्द्रले काठमाडौंमा भोलि तीस हजार बढी कार्यकर्ता सडकमा उतार्ने

९ कार्तिक २०८१, शुक्रबार ०७:२९

९ कार्तिक,काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध गर्न लागेको सभाको तयारी पूरा भएको जनाएको छ। माओवादीले शनिबार काठमाडौंमा खबरदारी सभा गर्ने भएको हो।

माओवादीले शनिबार काठमाडौंमा खबरदारी सभा गर्ने भएको हो।  सभालाई अध्यक्ष पुष्पकमल दाहालले सम्वोधन गर्नेछन्। प्रदर्शनमा ३० हजार कार्यकर्ता काठमाडौंमा उतार्ने माओवादीको तयारी छ। प्रदर्शनमा पार्टीका सबै जनवर्गीय संगठनलाई  सहभागी हुन माओवादी केन्द्रले निर्देशन दिएको छ ।

माओवादीले भ्रष्टाचार र बेथितिविरुद्ध देशैभरी कार्यक्रम गर्ने जनाएको छ। माओवादीका अनुसार बिहान साढे ११ बजे भद्रकाली, सुन्धारा र काठमाडौं मल अगाडि कार्यकर्ताहरु भेला हुनेछन्।

त्यसपछि जुलुस सुरु हुने छ। जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डप अगाडीको सडकमा पुगेर सभामा परिणत हुने छ।

सहभागीहरुले राष्ट्रिय झण्डा, पार्टीको झण्डा, ब्यानर, नारा लेखिएका प्लेकार्ड बोकेर आउने उपाध्यक्ष अग्नी सापकोटाले बताए। उनले सरकारले सय दिनमा गरेका काम विरोधसभामै सुनाउने बताए।

सापकोटाका अनुसार प्रदर्शनी मार्गमा हुने जनप्रदर्शनमा सरकारको जनविरोधी क्रियाकलापको भण्डाफोर हुनेछ । ओली नेतृत्वको सरकार सय दिन पुगेलगत्तै माओवादी केन्द्र आक्रामक रूपमा प्रस्तुत हुने तयारीमा छ।

प्रतिक्रिया दिनुहोस्