Trending
सूर्य प्लाइ सुदूरपश्चिम रोयल्सको स्ट्रेन्थ पार्टनर     |     सुशीला सरकार, ओली एमाले र देउवा कांग्रेस चुनाव भाँड्न उद्धत छन् : प्रभु साह     |     चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा     |     परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |    
समाचार

१०० दिनमा ओलीजीले राम्रो काम गरेका छन्: देउवा

९ कार्तिक २०८१, शुक्रबार ०७:३४

९ कार्तिक,काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट रहेको बताएका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको उनले बताएका हुन् ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा संघीय सरकार बनेको १०० दिन पूरा भएको छ। असार १७ मा कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएको र उक्त सहमतिको जगमा असार ३० गते ओली प्रधानमन्त्री बनेका थिए।

ओली सरकारका कामप्रति कांग्रेस सन्तुष्ट रहेको सभापति देउवाले बताएका हुन्। सरकारका कामप्रति असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको पनि  सभापति देउवाको भनाइ छ।

कांग्रेस-एमाले गठबन्धन सरकार पूरा कार्यकाल चल्ने पनि सभापति देउवाले बताएका छन्। ‘अब मलाई त राम्रो लाग्छ, धेरै कुराले गर्दा राम्रो छ। सय दिनलाई मैले त राम्रो मानेको छु,’ न्‍युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सभापति देउवाले भने, ‘सय दिनलाई हनिमुन डेज भन्छन्, १०० दिनमा ओलीजीले राम्रो काम गरेका छन्।’

‘दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो  । कहाँ कांग्रेस असन्तुष्ट छ, कसले भन्यो असन्तुष्ट भनेर । कहाँ असन्तुष्ट हुनु, कुरै छैन नि त्यो त । सानातिना समस्या एउटै पार्टीभित्र त हुन्छ भने त्यो अर्को पार्टी हो । त्यस्तो केही छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्