Trending
सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |    
समाचार

रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने

९ कार्तिक २०८१, शुक्रबार ०७:३७

९ कार्तिक,काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (शुक्रबार) देखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने भएको छ ।

पूर्व गृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रीत आन्दोलन गर्दै आएको रास्वपाले आजदेखि काठमाडौँमा आन्दोलन गर्ने भएको हो ।

सहकारी ठगी र संगठित अपराधमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले शुक्रबार पनि आन्दोलन गर्ने भएको हो ।

गत शुक्रबार सभापति लामिछाने पक्राउ परेदेखि रास्वपा निरन्तर आन्दोलनमा छ । अहिले नेताहरू आन्दोलनको  स्वरूप कस्तो गर्ने भन्ने विषयमा छलफलमा रहेको पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । उनका अनुसार पोखरा र काठमाडौंमा कस्तो किसिमको आन्दोलन गर्ने भनेर जुम मिटिङ पनि भइरहेको छ ।

काठमाडौंमा अहिले रास्वपा उपसभापति स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरू सुमना क्षेष्ठ, शिशिर खनाल लगायतका अन्य केन्द्रीय नेताहरू आन्दोलनमा खटिएका छन् ।

पोखरामा भने उपसभापति डीपी अर्याल, कोषाध्यक्ष, लिमा अधिकारी  सह कोषाध्यक्ष दीपक बोहोरा, सांसदहरू विनीता कठायत, तोसिमा कार्की र सोभिता गौतम छन् ।

प्रतिक्रिया दिनुहोस्