Trending
रास्कोटका वडाध्यक्ष बराल बेपत्ता     |     नयाँदिल्लीमा किन पुगे आजपा अध्यक्ष प्रभु साह ?     |     एभरेष्ट महिला भलिबल लिग: मधेस, ललितपुर र कर्णालीको जित     |     नेपाल र बङ्गलादेशबीचको खेल बराबरीमा टुङ्गियो     |     कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त     |     ढुंगा लागेर सल्यानमा एक जनाको मृत्यु     |     सुर्खेतमा नक्कली विवाहमार्फत ठगी गर्ने दुई जना पक्राउ     |     नेपाल–अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगो : परराष्ट्रमन्त्री     |     सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन     |     एनपिएल खेल्न अष्ट्रेलियाका क्रिस लिन आउँदै !     |    
समाचार

रास्वपाको माईतीघरमा आन्दोलन सुरू

९ कार्तिक २०८१, शुक्रबार ०७:४१

९ कार्तिक,काठमाडौँ। सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको पक्राउविरुद्ध रास्वपाको काठमाडौं केन्द्रीत प्रदर्शन माइतीघरमा सुरु भएको छ ।

यसअघि पोखरामा आन्दोलनमा उत्रिएका रास्वपाका नेता तथा कार्यकर्ताहरु हिजोबाट काठमाडौंकेन्द्रित भएका छन् । पोखरामा आन्दोलन उठ्न नसकेपछि रास्वपाले रणनीति परिवर्तन गरेर आजबाट काठमाडौंमा प्रदर्शन सुरु गरेको हो ।

लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत सात दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएकोमा शुक्रबारदेखि भने काठमाडौँमा प्रदर्शन गरिने प्रदेश सभापति राजन गौतमले जानकारी दिए ।

पोखरामा रास्वपाले प्रदर्शन गरेपनि जनस्तरबाट समर्थन नदेखिएको टिप्पणी हुँदै आएको थियो ।  सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत शुक्रबार प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । लगत्तै रास्वपाले पूर्वाग्रही ढंगले सभापतिलाई पक्राउ गरिएको भन्दै विरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्