Trending
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गर्दै मन्त्रालय     |     उज्वेकिस्तानमाथि कोलम्बियाको जित     |     यिरेन्कीको इन्जुरी टाइम गोलले घानाको जीत     |     इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित     |     पोर्चुगल र कंंगोको खेल बराबरीमा     |     व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश     |     झलनाथले मागे प्रचण्ड-माधवको राजीनामा     |     विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस     |     सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै     |     प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन     |    
समाचार

दीपावली र छठ पर्वका लागि घर लिपपोत गरिँदै

१० कार्तिक २०८१, शनिबार ०४:३८

१० कार्तिक,महोत्तरी। दीपावली र छठ पर्वअघि मधेसमा घर रङरोगन गर्ने परम्परा रहेको छ । अहिले यहाँका बस्तीका सर्वसाधारणा घरमा रङरोगन गर्ने काममा व्यस्त छन् ।

घर वरिपरि सरसफाइ गरेर लिपपोत गरेका घरमा लक्ष्मी प्रवेश गर्ने विश्वासले यो बेला घर  रङरोगन गन चलन बसेको गृहिणी बताउँछन्। “यो (दीपावली) पवनी (पर्व) सबैतिर उज्यालो छर्ने मानिन्छ, त्यसैले पवनीमा घर सिँगार्ने गरेका छौँ”, बर्दिबास–२ बारनचौडीकी सङ्गीता सहनी मलाह भन्छिन्, “अहिले गरेको लिपपोत र रङरोगन घर सजाउनुमात्र नभई रमाइलो पनि हो ।”

पर्वअघि छरछिमेकका सबै घर वरपरको सरसफाइ र रङरोगनमा लाग्दा कुनै खास उत्सवको झल्को दिने गरेको सङ्गीतासहितका मैथिल गृहिणीको भनाइ छ ।

घर लिपपोत र रङरोगन गरिँदा टोलभरिका महिलाबीच आपसी सल्लाह हुन्छ । ग्रामीण महिला पालैपालो एकअर्काको घर लिपपोतमा सरिक हुन्छन् । यी चाडवाडका बेला कसको घर राम्रो लिपपोत र रङरोगन भयो भन्ने गृहिणीबीचको छलफल र सँगसँगै काम गर्दाको मन फुकाएर गरिने हाँसख्याल ठट्टा रमाइलो क्षणका रुपमा ग्रामीण महिला सम्झन्छन् ।

केही दशक पहिलेसम्म दशैँ, दीपावली र छठपर्वअघि घर लिपपोतका लागि विभिन्न रङका माटो लिन टाढाटाढा जाने गरेको बर्दिबास–९ पशुपतिनगरकी ५० वर्षीया शैल महतोको सम्झना अझै ताजै छ । तर पछिल्ला केही वर्षयता नदी किनार क्षेत्र लगातार उत्खनन गरिँदा सेतो र पहेँलो माटोका भित्ता भत्केर बगेपछि अब घर लिपपोत र रङरोगनमा बजारु रङको भर पर्नुपरेको महतोको भनाइ छ । महतोजस्तै भङ्गाहा–४ रामनगरकी सुशीला सदा पनि अब नदी डिलमा पहेँलो, कमेरे र कालो माटो पाइन छाडेको बताउछिन् ।

दसैँअघि घर लिपपोत गर्न नभ्याएका गृहिणीले अहिले दीपावलीअघि गर्दैछन् । महोत्तरीका १५ वटै स्थानीयतहका बस्तीमा  अहिले घर सिँगारिने क्रम देखिँदो छ । घर सिँगार्न, लिपपोत गर्ने काममा पुरुष पनि ठाउँठाउँमा देखिन्छन् । तर धेरैजसो यो काम महिलाको मानिने पुरानो मानसिकताले अधिकांश घर लिपपोत र रङरोगन महिलाले नै गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्