Trending
राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |    
समाचार

सङ्खुवासभाको चिचिलामा एक जनाको हत्या

१० कार्तिक २०८१, शनिबार १५:४४

१० कार्तिक, सङ्खुवासभा। सङ्खुवासभाको चिचिला गाउँपालिका–४ मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या भएको छ ।

सामान्य विवादका क्रममा धारिलो खुकुरी प्रहार गरेर छिमेकी दुर्गामाया गुरुङले आज हत्या गरेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । हत्या भएको खबर स्थानीयले गरेपछि जिल्ला प्रहरी र चिचिला प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हत्यामा सङ्लग्न दुर्गामायालाई नियन्त्रणमा लिइएको छ ।

उनको साथबाट प्रहरीले हत्यामा प्रयोग गरिएको धारिलो खुकुरीसमेत बरामद गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्