Trending
नेपाली बजारमा सुनको मूल्य नयाँ रेकर्ड     |     यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर     |     आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना     |     ‘जार’ले नेपाली सिनेमालाई नै उचाइ दिने विश्वास       |     टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शर्ट्समार्फत् ‘ऊनको स्वीटर’का कलाकारहरूको परीक्षा र एलेक्स पात्रको नयाँ परिचय     |     सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम     |     राष्ट्रिय योजना आयोगद्वारा नीतिगत तथा कार्यक्रमगत प्रतिवेदन अर्थ मन्त्रालयमा पेश     |     प्रधानमन्त्रीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीहरुको भेट     |     ‘महाभोज’का दुई नयाँ पोस्टर रिलिज, मङ्‌गलवार टिजर आउने     |     तेवान्दो टोली चीन जाने     |    
समाचार

विपद् व्यवस्थापन गर्न आर्थिक अभाव : मुख्यमन्त्री कार्की

११ कार्तिक २०८१, आईतवार ०७:१४

११ कार्तिक,धनकुटा। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गत असोजमा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण प्रदेशमा भएको क्षतिको  क्षतिपूर्ति तथा व्यवस्थापन गर्न आर्थिक अभाव भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी धनकुटा स्थानीय विभागको आयोजनामा भएको प्रशिक्षण तथा समीक्षा कार्यक्रममा सहभागी मुख्यमन्त्री कार्कीले भने, ‘कोशी प्रदेशमा चार अर्ब ६३ करोड बराबरको क्षति भएको छ, तर हामीसँग पैसा छैन ।’

हाल प्रदेशमा ४० करोड बराबरको विपद् व्यवस्थापन कोष स्थापना गरिए पनि उक्त रकम प्रदेशका १४ जिल्लाका लागि ज्यादै न्यून भएको मुख्यमन्त्री कार्कीले बताए । उक्त विपद् कोष विभिन्न दातृ निकाय र सङ्घीय सरकारको सहयोगमा रु एक अर्बको कोष निर्माण गर्ने लक्ष्य रहेको उनले बताए ।

प्रदेशमा भएका सबै क्षतिलाई एकैपटक सम्बोधन गर्न नसकिने भएकाले यसलाई आगामी वर्षहरूमा क्रमिक रूपमा व्यवस्थापन गर्दै लैजाने मुख्यमन्त्री कार्कीको भनाइ थियो । सरकारसँग आर्थिक अभाव भएकाले सबै स्थानीय तहलाई विकास निर्माणका काम गर्दा विपद्‌बाट जोखिम कम हुने किसिमका आयोजनामा विशेष जोड दिन पनि मन्त्री कार्कीले सुझाव दिए ।

विपद् व्यवस्थापनका लागि आर्थिक अभाव भएकाले प्रदेशबाट स्थानीय तहमा प्रवाह हुने चालुतर्फको बजेटमा १० प्रतिशत कटौती गरिने तर पुँजीगत तथा विकास बजेटमा कुनै कटौती नगरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्