Trending
अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |    
समाचार

विपद् व्यवस्थापन गर्न आर्थिक अभाव : मुख्यमन्त्री कार्की

११ कार्तिक २०८१, आईतवार ०७:१४

११ कार्तिक,धनकुटा। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गत असोजमा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण प्रदेशमा भएको क्षतिको  क्षतिपूर्ति तथा व्यवस्थापन गर्न आर्थिक अभाव भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी धनकुटा स्थानीय विभागको आयोजनामा भएको प्रशिक्षण तथा समीक्षा कार्यक्रममा सहभागी मुख्यमन्त्री कार्कीले भने, ‘कोशी प्रदेशमा चार अर्ब ६३ करोड बराबरको क्षति भएको छ, तर हामीसँग पैसा छैन ।’

हाल प्रदेशमा ४० करोड बराबरको विपद् व्यवस्थापन कोष स्थापना गरिए पनि उक्त रकम प्रदेशका १४ जिल्लाका लागि ज्यादै न्यून भएको मुख्यमन्त्री कार्कीले बताए । उक्त विपद् कोष विभिन्न दातृ निकाय र सङ्घीय सरकारको सहयोगमा रु एक अर्बको कोष निर्माण गर्ने लक्ष्य रहेको उनले बताए ।

प्रदेशमा भएका सबै क्षतिलाई एकैपटक सम्बोधन गर्न नसकिने भएकाले यसलाई आगामी वर्षहरूमा क्रमिक रूपमा व्यवस्थापन गर्दै लैजाने मुख्यमन्त्री कार्कीको भनाइ थियो । सरकारसँग आर्थिक अभाव भएकाले सबै स्थानीय तहलाई विकास निर्माणका काम गर्दा विपद्‌बाट जोखिम कम हुने किसिमका आयोजनामा विशेष जोड दिन पनि मन्त्री कार्कीले सुझाव दिए ।

विपद् व्यवस्थापनका लागि आर्थिक अभाव भएकाले प्रदेशबाट स्थानीय तहमा प्रवाह हुने चालुतर्फको बजेटमा १० प्रतिशत कटौती गरिने तर पुँजीगत तथा विकास बजेटमा कुनै कटौती नगरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्