Trending
रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा     |     ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित     |     जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु     |     प्रहरीमा चार वटा विभाग एआईजीविहीन, ९ जना डीआईजीको प्रतिस्पर्धा     |     बौद्धको खुकुरी प्रहार घटनामा फरार भएका तीन जना पक्राउ     |     वीरेन्द्रनगरमा प्रदेशस्तरीय युवा मानवअधिकार रक्षक सम्मेलन सम्पन्न     |     जुम्ला जिल्ला समन्वय समिति परिसरमा सकेट बम फेला     |     पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढ्दै     |     कोशी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |    
समाचार

बझाङमा जीप दुर्घटना, चारजना घाइते

१२ कार्तिक २०८१, सोमबार १०:३६

१२ कार्तिक,बझाङ। बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटना भएको हो ।

सात जना यात्रु चढेको उक्त जीप तीव्र गतीका कारण सडकमै पल्टिएको हो । दुर्घटनामा घाइते हुनेहरूमा जीपका चालक तलकोट गाउँपालिका–१ का ५६ वर्षीय बीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका–११ का १७ वर्षीय शङ्कर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।

घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्