Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

रविलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न रास्वपा सांसदको माग

१२ कार्तिक २०८१, सोमबार ११:१४

१२ कार्तिक,काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गर्न माग गरेको छ ।

सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा रास्वापाकी सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकलाई यस्तो आग्रह गरेकी हुन् ।

आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद कार्कीले लामिछानेलाई थुनाबाहिर राखेर पनि अनुसन्धान गर्न सकिने विषयमा सोच्न बैठकमा उपस्थित गृहमन्त्री रमेश लेखकलाई आग्रह गरे ।

रवि लामिछाने चुनावमा १२ लाख जनताले पत्याएको र संसदको चौथो पार्टीको सभापति भएको बताइन् । यसकारण लामिछानेप्रति विश्वास हुनेहरूले उनको प्रक्राउको विरोधमा प्रदर्शन गर्नु स्वभाविक हुने कार्कीको भनाइ छ ।

‘रास्वपाले न्यायपालिका प्रभावित गर्न खोजेको होइन । देशको चौथो ठूलो पार्टी, जनताले पत्याएको सभापति थुन्दा स्वस्फूर्त जमातले चिन्ता गर्नु स्वाभाविक हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्