Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

खिजीदेम्बा गाउँपालिकालाई दुई वटा एम्बुलेन्स हस्तान्तरण

१२ कार्तिक २०८१, सोमबार १४:४५

१२ कार्तिक, ओखलढुङ्गा। यहाँको खिजीदेम्बा गाउँपालिकालाई अम होङ गिल ह्युमन फाउण्डेशनले दुई वटा एम्बुलेन्स सहयोग गरेको छ ।

कोरियन नागरिक क्याप्टेन तथा पर्वतारोही अम होङ गिलको नामबाट स्थापित उक्त संस्थाले नेपालमा शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा योगदान गर्दै आएको छ ।

आज काठमाडौँमा एक कार्यक्रमबीच फाउण्डेशनका प्रमुख क्याप्टेन अम होङ गिलले खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पालाई एम्बुलेन्सको चाँबी हस्तान्तरण गरेका छन् । एम्बुलेन्स केही महिना अघि पालिकाले प्राप्त गरिसकेको भएपनि औपचारिक रुपमा हस्तान्तरण आज गरिएको हो ।

नेपाल विश्वकै सुन्दर देश भएपनि शिक्षा र स्वास्थ्यमा समस्या देखेपछि आफुले सहयोगका कार्यक्रम ल्याएको प्रमुख गिलको भनाई छ । उनले सगरमाथासहित नेपालका दर्जनौं हिमाल आरोहण गरिसकेका छन् ।

एम्बुलेन्स दाता गिललाई खिजीदेम्बावासीले सम्मान गरेका छन् । एम्बुलेन्स सुविधा नहुँदा भौतिक पूर्वाधारमा जिल्लाकै दुर्गम खिजीदेम्बा गाउँपालिकाबाट सामान्य उपचारका लागि समेत महङ्गो भाडा तिरेर निजी सवारी वा हेलिकप्टर चार्टर गरेर अस्पताल जानुपर्ने बाध्यता थियो ।

प्रतिक्रिया दिनुहोस्