Trending
भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित     |     काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात     |     एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |     काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य     |     लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |    
समाचार

गाजा युद्धमा एक बर्षमा ४३ हजारभन्दा बढीको मृत्यु

१३ कार्तिक २०८१, मंगलवार ०३:३९

१३ कार्तिक, काठमाडौँ। प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले गाजामा विगत एक वर्षदेखि जारी युद्धमा ४३ हजारभन्दा बढीको मृत्यु भएको जानकारी दिएको छ । जसमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो दुई दिनमा अस्पतालमा ल्याइएका ९६ जनाको मृत्यु भएको छ । यसैबीच, इजरायली सेना ९आईडीएफ० ले उत्तरी गाजामा गत साताको अन्त्यमा अस्पतालमा भएको आक्रमण सहितको अपरेशन सुरु गरेको बताएको छ । सेनाले अस्पतालमा शुक्रबारको क्र्याकडाउन पछि १०० संदिग्ध हमास लडाकुलाई पक्राउ गरेको जनाएको छ।

यद्यपि विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले इजरायलले अस्पतालका ४४ कर्मचारीलाई हिरासतमा लिएको आरोप लगाएको छ । प्यालेस्टिनी चिकित्सा अधिकारीहरूले यो अस्पताल आक्रमणमा गम्भीर क्षति भएको बताएका छन् । अस्पतालमा करिब दुई सय बिरामीको उपचार भइरहेको थियो ।

आइडीएफले हमास र अन्य चरमपन्थीहरूले सैन्य उद्देश्यका लागि अस्पतालहरू प्रयोग गरिरहेको बताएको छ । जबकि प्यालेस्टिनी चिकित्सा अधिकारीहरूले यी आरोपहरूलाई अस्वीकार गर्दै इजरायली सेनाले जानाजानी नागरिकहरूको जीवनलाई खतरामा पारेको आरोप लगाएका छन् ।

यस महिनाको सुरुमा, संयुक्त राष्ट्र संघले कम्तिमा ४ लाख मानिसहरू अझै उत्तरी गाजामा फसेको र मानवीय सहायताको कमीको कारण भोकमरीमा परेको बताएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ मा सुरु भएको युद्धमा कम्तिमा ४३ हजार २० जनाको मृत्यु भएको छ । त्यस्तै एक लाख एक ग्जार ११० जना घाइते भएका छन् । हमास लडाकुले अक्टोबर ७ मा इजरायलको सुरक्षा बार तोडेर घुसपैठ गरेपछि युद्ध सुरु भएको थियो । जसमा करिब १२ सय जनाको ज्यान गएको थियो । तीमध्ये अधिकांश इजरायलका नागरिक थिए । साथै दुई सय पचास जना अपहरणमा परेका थिए, जसमध्ये अझै करिब सय जनाको अवस्था अज्ञात रहेको छ ।

प्रतिक्रिया दिनुहोस्