Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

आईसीसी लिग २: आज नेपाल र स्कटल्यान्ड आमने-सामने

१३ कार्तिक २०८१, मंगलवार ०४:००

१३ कार्तिक, काठमाडौँ। आईसीसी विश्वकप लिग २ अन्तर्गत आज राति नेपाल र स्कटल्यान्डबीच महत्वपूर्ण खेल हुँदैछ । अमेरिकामा जारी यो लिगमा नेपाल लगातारको हारबाट उन्मुक्ति पाउन स्कटल्यान्डलाई पराजित गर्ने लक्ष्यमा छ ।

अमेरिकामा चलिरहेको लिग २ का यि खेलहरुमा पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । आज नेपाल स्कटल्याण्डलाई पराजित गरी निरन्तरको हारबाट जोगिन चाहन्छ । स्कटल्याण्ड र नेपालबीचको खेल आज राति सवा ९ बजेबाट सुरु हुनेछ ।

गत फेब्रुअरीमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको नेपाल त्यसयता कुनै पनि खेलमा जित हासिल गर्न सकेको छैन । यस निराशाजनक प्रदर्शनसँगै नेपाल अंकतालिकामा सातौँ स्थानमा रहेको छ ।

आजको खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ । यस खेलमा नेपालले आफ्नो पुरानो लय फर्काउने र लिग २ मा आफ्नो प्रदर्शन सुधार्ने आशा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्