Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

पत्नी हत्याको अभियुक्त तीन वर्षपछि कतारमा पक्राउ

१४ कार्तिक २०८१, बुधबार ०७:२९

१४ कार्तिक, झापा। मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड कर्नर नोटिसका आधारमा अभियुक्त राईलाई कतारमा पक्राउ गरेर मङ्गलबार नेपाल ल्याइएको बताए ।

अभियुक्त राई विसं २०७८ मङ्सिर ३ गते पत्नी शर्मिला तामाङ राईको हत्या गरेर फरार भएका थिए । इन्टरपोलले अभियुक्त राईको पक्राउका लागि विसं २०८१ जेठ ३२ गते रेड कर्नर नोटिस जारी गरेको थियो ।

‘हत्या लगत्तै प्रहरीले अभियुक्त राईलाई खोजी गरिरहेको थियो,’ जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी चन्दले भने, ‘कतारमा लुकिछिपी बस्दै आएको थाहा पाएपछि इन्टरपोलबाट रेडकर्नर नोटिस जारी गराइएको थियो ।’

धुलावारी इलाका प्रहरी कार्यालयले कर्तव्य ज्यानसम्बन्धी मुद्दाका अभियुक्त राईमाथि थप अनुसन्धान गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्