Trending
रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा     |     ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित     |     जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु     |     प्रहरीमा चार वटा विभाग एआईजीविहीन, ९ जना डीआईजीको प्रतिस्पर्धा     |     बौद्धको खुकुरी प्रहार घटनामा फरार भएका तीन जना पक्राउ     |     वीरेन्द्रनगरमा प्रदेशस्तरीय युवा मानवअधिकार रक्षक सम्मेलन सम्पन्न     |     जुम्ला जिल्ला समन्वय समिति परिसरमा सकेट बम फेला     |     पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढ्दै     |     कोशी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |    
समाचार

तस्करीमा संलग्न भारतीय पक्राउ

१४ कार्तिक २०८१, बुधबार ०७:३९

१४ कार्तिक, झापा। इलाका प्रहरी कार्यालय काँकडभिट्टाले भन्सार छलेको मदिराको ठूलो मात्रासहित एक भारतीय नागरिकलाई कारसहित मङ्लबार पक्राउ गरिएको जनाएको छ ।

पूर्वीनाकाबाट प्रवेश गरेको बिआर २२ एफ ५०५१ नम्बरको भारतीय कारलाई रोकेर नेपाली सुरक्षाकर्मीले जाँच गर्दा कारमा फल्स बटम बनाइ डिकी लगायतका भागमा भारतीय महँगो मदिरा भन्सार छल्नका लागि लुकाइएको फेला पारेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी चन्दका अनुसार उक्त कारभित्र रु नौ लाख ९८ हजार नौ सय मूल्य बराबरको ब्ल्याक माउन्टेन ह्वीस्कीलगायतका भन्सार छलिएको मदिरा बरामद गरिएको थियो ।

कार चालक भारतीय नागरिक जीतेन्द्रकुमार पासवानलाई पक्राउ गरी इप्रका काँकडभिट्टामा राखेर कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्