Trending
नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |    
समाचार

कुम्भकर्ण हिमालमा फोहर सङ्कलन

१५ कार्तिक २०८१, बिहीबार १३:४९

१५ कार्तिक, ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित कम्भकर्ण (फक्ताङलुङ) हिमालको आधार शिविर क्षेत्रमा फोहर सङ्कलन गरिएको छ ।

फक्ताङलुङ गाउँपालिका–६ का महेन्द्र आधारभूत विद्यालयका शिक्षकहरुले हिमालमा भएको फोहर सङ्कलन गरेका हुन् ।

कुम्भकर्ण हिमाल विश्वको ३२औँ र नेपालको १५औँ अग्लो हिमाल हो । यसको मनमोहक दृश्य र जैविक विविधता पर्यटकहरूको प्रमुख आकर्षण बनेको छ ।

हिमालको आधार शिविरमा फोहरका थुप्रै समस्या देखिएका थिए । यस समस्याको समाधान गर्न महेन्द्र आधारभूत विद्यालयका शिक्षकहरूले फोहर सङ्कलन गरेको हुन् ।  विद्यालयका शिक्षक र शिक्षिकाहरूले फोहर सङ्कलनका लागि एक अभियान सञ्चालन गर्नुभएको निमित्त प्रधानाध्यापक विवश केदेमले बताए ।

केदेमका अनुसार फोहोर सङ्कलन गर्ने यो प्रयास हिमालको सौन्दर्य र जैविक विविधता संरक्षण गर्नका लागि अत्यन्त महत्त्वपूर्ण थियो । यस अभियानमा कुम्भकर्ण हिमालको आधार शिविरमा पुगेका शिक्षकले पर्यटक र तीर्थयात्रीद्वारा छरिएको फोहर सङ्कलन गरेको बताए ।

शिक्षक अभिशेक लिम्बूका अनुसार विभिन्न प्रकारका फोहर प्लास्टिक, खाद्य वस्तुका खोल, कपडा आदि चार बोरा सङ्कलन गरिएको थियो । कुम्भकर्ण हिमालमा फोहरको समस्या सौन्दर्यको ह्रास हो, तर यसले स्थानीय पारिस्थितिकी प्रणालीमा पनि गम्भीर असर पुर्‍याउने भएकाले फोहर सङ्कलन गरेको शिक्षिका सुशन तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्