Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

देशभर तिहारको झिलिमिली

१५ कार्तिक २०८१, बिहीबार १४:०८

१५ कार्तिक, काठमाडौँ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात् तिहारका अवसरमा देशभर तिहारको झिलिमिली छाएको छ ।

सयपत्री र मखमली फूल, बत्तीको झिलिमिली तथा सप्तरङ्गी पर्वका रूपमा मानिने तिहारमा नागरिकका घर, निजी तथा सरकारी कार्यालय सरसफाइ गरी झिलिमिली बत्तीले सजिएका देखिन्छन् ।

विशेषगरी काठमाडौँ उपत्यकासहित प्रमुख सहरका व्यापारिक कम्प्लेक्स झिलिमिली बत्तीबाट सजिएका छन् । दीपावलीले काठमाडौँ उपत्यकालगायत प्रमुख सहर झिलिमिली बनेको छ । उज्यालोले घरबाहिरको वातावरण नै आज उल्लासमय बनेको छ ।

काठमाडौँको नयाँ सडक, नयाँ बनेश्वर, असन, इन्द्रचोकलगायत व्यापारिक क्षेत्रमा तिहारको किनमेलका लागि सर्वसाधरणको घुइँचो लागेको छ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिएको छ । घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरिएका छन् ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दुको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात् तिहार मङ्गलबारदेखि सुरु भएको हो । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ  ।

प्रतिक्रिया दिनुहोस्