Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

रास्वपाले पुराना दलसँग तालमेल नगर्ने

१५ कार्तिक २०८१, बिहीबार १४:४६

१५ कार्तिक, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो मंसिर १६ मा हुने स्थानीय तह निर्वाचनमा पुराना दलसँग सहकार्य नगर्ने भएको छ ।

पहिलोपटक स्थानीय तहको निर्वाचनमा भाग लिन लागेको रास्वपाले चुनावी तयारीका लागि सांसद गणेश पराजुलीको संयोजकत्वमा कार्यदल बनाएको छ ।

कार्यदलमा ७ देखि ९ जनासम्म रहने पराजुलीले जानकारी दिए । ३० वैशाख २०७९ मा भएको चुनावबाट निर्वाचित भई हाल रिक्त रहेका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको छ ।

जिल्ला समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी जम्मा कूल ४० पदका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका पुराना दलसँग चुनावी तालमेल नगर्ने कार्यदलका संयोजक पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस्