Trending
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गर्दै मन्त्रालय     |     उज्वेकिस्तानमाथि कोलम्बियाको जित     |     यिरेन्कीको इन्जुरी टाइम गोलले घानाको जीत     |     इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित     |     पोर्चुगल र कंंगोको खेल बराबरीमा     |     व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश     |     झलनाथले मागे प्रचण्ड-माधवको राजीनामा     |     विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस     |     सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै     |     प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन     |    
समाचार

युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना

१६ कार्तिक २०८१, शुक्रबार ११:१२

१६ कार्तिक, काठमाडौँ। काठमाडौं – रसियाले अमेरिकी टेक जायन्ट गुगुललाई अप्रत्याशित रकम जरिवाना तिर्न भनेको छ। क्रेमलिनले गुगुलाई दुई अनडेसिलियन रुबेल (२० लाख ट्रिलियन ट्रिलियन डलर) जरिवाना गरेको हो।

युट्युबमा रुसी सरकारी सञ्चार माध्यमलाई प्रतिबन्ध लगाएको आरोपमा रुसको एक अदालतले गुगलमाथि ठूलो परिमाणको जरिवाना तोकेको हो । जरिवानाको रकम यति धेरै छ हामीले सायदै सुनेका छौं होला, कि गन्न पनि गाह्रो ।

बीबीसीका अनुसार रुसको अदालतले २८ अक्टुबरको दिन २.५ अण्डसिलियन रुबल अर्थात् २५ डेसिलियन अमेरिकी डलर जरिबानाको फैसला सुनाएको छ । १ अण्डसिलियनमा १ पछि ३६ वटा जिरो हुन्छन् । अर्थात् रुसी अदालतले गुगललाई २० अण्डसिलियन अमेरिकी डलर जरिबाना तिर्न भनेको छ । अदालतले जरिबाना रकम तिर्न गुगललाई ९ महिनाको समयसीमा दिएको छ । यदि ९ महिनाभित्र पनि तिर्न नसकेमा जरिबाना रकम दैनिक डबल हुने अदालतले जनाएको छ ।

यो जरिवाना गरिएको रकम विश्वको जीडीपी भन्दा पनि बढी हो। अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वको जीडीपी हाल ११० ट्रिलियन अमेरिकी डलर रहेको जनाएको छ।

यो रकम कतिको भनेर उच्चारण गर्न नसिकिने स्वयम् क्रेमलिनका अधिकारीहरुले बताएका छन्। उसले गुगलले आफ्नो प्लेटफर्ममा रसियालीहरुलाई प्रतिबन्ध लगाउन नहुने जनाएको छ।

गुगलले भने रसियाको यो कदम अकाउन्टहरु बन्द गरिएको कारण चालिएको थाहा पाएको जनाएको छ। यो जरिवानाले कुनै असर नपर्ने गुगुलको प्रतिक्रिया छ।

गुगुलले करिब १७ वटा रसियाली च्यानललाई युट्युबमा प्रतिब्नध लगाएको छ। रसियाली च्यानलमाथिको प्रतिबन्ध लगाउने कार्य सन् २०२० देखि नै सुरु भएको छ। यद्यपि, २०२२२ देखिमा रसिया र युक्रेन युद्धपश्चात प्रतिब्नधको सिलसिला बढेको छ।

प्रतिक्रिया दिनुहोस्