Trending
नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |    
समाचार

युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना

१६ कार्तिक २०८१, शुक्रबार ११:१२

१६ कार्तिक, काठमाडौँ। काठमाडौं – रसियाले अमेरिकी टेक जायन्ट गुगुललाई अप्रत्याशित रकम जरिवाना तिर्न भनेको छ। क्रेमलिनले गुगुलाई दुई अनडेसिलियन रुबेल (२० लाख ट्रिलियन ट्रिलियन डलर) जरिवाना गरेको हो।

युट्युबमा रुसी सरकारी सञ्चार माध्यमलाई प्रतिबन्ध लगाएको आरोपमा रुसको एक अदालतले गुगलमाथि ठूलो परिमाणको जरिवाना तोकेको हो । जरिवानाको रकम यति धेरै छ हामीले सायदै सुनेका छौं होला, कि गन्न पनि गाह्रो ।

बीबीसीका अनुसार रुसको अदालतले २८ अक्टुबरको दिन २.५ अण्डसिलियन रुबल अर्थात् २५ डेसिलियन अमेरिकी डलर जरिबानाको फैसला सुनाएको छ । १ अण्डसिलियनमा १ पछि ३६ वटा जिरो हुन्छन् । अर्थात् रुसी अदालतले गुगललाई २० अण्डसिलियन अमेरिकी डलर जरिबाना तिर्न भनेको छ । अदालतले जरिबाना रकम तिर्न गुगललाई ९ महिनाको समयसीमा दिएको छ । यदि ९ महिनाभित्र पनि तिर्न नसकेमा जरिबाना रकम दैनिक डबल हुने अदालतले जनाएको छ ।

यो जरिवाना गरिएको रकम विश्वको जीडीपी भन्दा पनि बढी हो। अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वको जीडीपी हाल ११० ट्रिलियन अमेरिकी डलर रहेको जनाएको छ।

यो रकम कतिको भनेर उच्चारण गर्न नसिकिने स्वयम् क्रेमलिनका अधिकारीहरुले बताएका छन्। उसले गुगलले आफ्नो प्लेटफर्ममा रसियालीहरुलाई प्रतिबन्ध लगाउन नहुने जनाएको छ।

गुगलले भने रसियाको यो कदम अकाउन्टहरु बन्द गरिएको कारण चालिएको थाहा पाएको जनाएको छ। यो जरिवानाले कुनै असर नपर्ने गुगुलको प्रतिक्रिया छ।

गुगुलले करिब १७ वटा रसियाली च्यानललाई युट्युबमा प्रतिब्नध लगाएको छ। रसियाली च्यानलमाथिको प्रतिबन्ध लगाउने कार्य सन् २०२० देखि नै सुरु भएको छ। यद्यपि, २०२२२ देखिमा रसिया र युक्रेन युद्धपश्चात प्रतिब्नधको सिलसिला बढेको छ।

प्रतिक्रिया दिनुहोस्