Trending
अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |    
समाचार

जङगली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउन सचेतना

१६ कार्तिक २०८१, शुक्रबार ११:२०

१६ कार्तिक,कञ्चनपुर। भारतीय दुधुवा नेशनल पार्क हुँदै नेपाली बस्तीमा छिर्ने जङगली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउनका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

पछिल्लो समय हात्तीले मानवीय क्षति निम्त्याउन थालेपछि कार्यालयले सचेतना कार्यक्रम सञ्चालन गरेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषसँग सहकार्य गरी हात्ती प्रभावित क्षेत्रमा सचेतनमुलक पोष्टर, पम्पलेट वितरण गर्ने कार्य भैरहेको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले बताए ।

“सामुदायिक वन संगको समन्वयमा छलफल, बैठकका माध्यबाट हात्तीबाट जोगिने उपाय बारे जानकारी दिने कार्यमा जुटेका छौं” उनले भने, “मावन–हात्ती सह अस्तीत्वको भावना जगाउनका लागि कार्य अगाडी बढाएका छौं ।”

हात्ती बस्तीमा छिरेमा डेढ सय मिटरको दुरी कायम गरी भगाउने,अन्नपात राखेको ठाउ, भान्सामा नसुत्ने, हात्तीको अगाडीबाट भाग्न नखोज्ने, हात्तीका छावालाई नचलाउने, टर्चबालेर नभाग्ने, उत्तेजित नवनाउने, मदिरा सेवन गरी भगाउन नजाने, मात चढेको हात्ती संग सजग रहने लगायतका कुरा कार्यक्रमका माध्यबाट सर्वसाधरणलाई सचेत पार्ने कार्य भैरहेको उनको भनाई रहेको छ । “अचानक हात्ती संग जम्काभेटभएमा नआत्तिकन विस्तारै पछाडी हटनु पर्छ” उनले भने, “लखेटन आयो भने आफु संग भएको सामान फँयाकेर बांगो टिंगो दौडिने गर्नु पर्छ, छोटो दुरी सम्म मात्रै लखेटने भएकाले लखेटदै पछि सम्म आइरहन्न ।”

हात्तीले लखेटन आए ढुङग्यान बगर तिर भाग्ने,छडके पारेर ओरालो तर्फ भाग्ने,दलदल हिलो भए तर्फ भाग्ने, ठुलो रुख ढलको भए त्यसको मूनि भएर भाग्ने, पुलपुलेसा तरेर भाग्ने गरे बच्न सकिने उनको भनाई रहेको छ । “जङगल तर्फ जादा हात्तीको ताजा पाईला वा दिशा भेटियो भने सर्तक रहनु पर्छ” उनी भन्छन्, हात्ती हिडको दिशा तर्फ जानुहुँदैन, रुख भाँचेको, सुड बजारेको वा हात्तीले घुरेको पनि सुन्न सकिन्छ, हात्तीको आवाज सुनिए सतर्क हुनु पर्छ ।”

हात्ती निकै बुद्धिमान प्रणाीका रुपमा रहेको उल्लेख गर्नु हुँदै उनले हात्तीलाई नियन्त्रण गर्न गाह्रो हुने भएकाले सतर्कता अपनाए मानवीय क्षतिलाई कम गर्न सकिने बताए । हात्तीको बथानले गत असोज महिनामा मात्रै कञ्चनपुरका दुई जनाको ज्यान लिइसकेको छ । असोज १३ गते उखुबारीमा हात्ती भगाउन कुरुवा बसेका लालझाडी गाउँपालिका ४ का ५९ वर्षीय रामदल रानालाई घरतर्फ जाँदै गर्दा आक्रमण गरी ज्यान लिएको थियो भने बेलौरी नगरपालिका ६ का २२ वर्षीय उमेश चौधरीको घरतर्फ मोटरसाइकलमा जाँदै गरेका बेला असोज २२ गते हात्तीले आक्रमण गरी ज्यान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्