Trending
नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |    
समाचार

शान्ति सुरक्षा प्राथमिकतामा राखी चाडपर्व मनाउनुपर्छ : मन्त्री अग्रवाल

१७ कार्तिक २०८१, शनिबार ०९:४०

१७ कार्तिक, राँझा। लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेश अग्रवालले शान्ति, सुरक्षा प्राथमिकतामा राखी चाडपर्व मनाउनुपर्ने बताएका छन् ।

नेपाल संवत् ११४५ को अवसरमा नेवाः पुचः बाँके र नेवाः देयः देबू बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा मन्त्री अग्रवालले प्रदेश सरकारले शान्ति, सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे ।

उनले नागरिकलाई शान्ति, सुरक्षा प्रदान गर्दै चाडपर्व निर्धक्कसँग मनाउने वातावरण सरकारले बनाएको बताए । “चाडपर्वको बेला कालोबजारी गरी उपभोग्य वस्तुको मूल्य वृद्धि गर्ने कार्यलाई रोक्न पार्न प्रदेश सरकारले सम्वद्ध निकायलाई आग्रह गरेको छ”, मन्त्री अग्रवालले भने, “कहीँकतै कानुन विपरित कार्य भए आवश्यक कानुनी कारबाही गर्न आदेश गरिएको छ ।”

नेपालगञ्जमा नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाको शालिक निमाण गर्न प्रदेश सरकारले सधैँ सहयोग गर्ने उल्लेख गर्दै उनले भने, “नेपालगञ्जमा शङ्खधर साख्वाको शालिक निर्माण गर्ने कुरा बारम्बार उठिरहेको छ, उहाँ नेपाल संवतका प्रवर्तक हुनुका साथै नेपाल सरकारले उहाँलाई राष्ट्रिय विभूति पनि घोषणा गरिसकेको अवस्थामा उहाँको शालिक निर्माण गर्न सबैले पहल गर्नुपर्छ ।”

लुम्बिनी प्रदेशका सांसद मीना श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललगायतले शुभकामना प्रदान गर्नुभएको नेवाः पुचः बाँकेका अध्यक्ष जीतेन्द्र जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्