Trending
अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |    
समाचार

‘चाडपर्व एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण आधार हुन्’

१७ कार्तिक २०८१, शनिबार ०९:४५

१७ कार्तिक,काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार तथा नेपाल संवत् ११४५ ले आपसी सद्भाव, सहिष्णुता र सुदृढ राष्ट्रिय एकताका निम्ति उत्प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले नेपालीको विशेष पर्व तिहार एवं नेपाल संवत् ११४५ शुभारम्भको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगतिको कामना गर्दै उक्त शुभकामना व्यक्त गरेका हुन् । उनले यस पर्वले पारिवारिक मिलाप, सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्नेसमेत  विश्वास लिएको लिएका छन् ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता, मौलिक चाडपर्व, प्राकृतिक सम्पदा र सभ्यताहरूले सम्पन्न राष्ट्र हो, नेपाली जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै विविध जाति, धर्म र समुदायका ऐतिहासिक सांस्कृतिक पर्वलाई राष्ट्रिय पर्वका रूपमा पहिचान दिएको छ, “सन्देशमा भनिएको छ, “यी विविधतायुक्त संस्कार, संस्कृति एवं चाडपर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभई जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण आधारहरू समेत हुन् ।” तिहार पर्वको धार्मिक, सांस्कृतिक र ऐतिहासिक रूपमा आफ्नै विशिष्ट महत्त्व छ ।

काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा÷गाई तिहार, गोवर्द्धन पूजाले मानव, प्रकृति र पशुपन्छीसँगको गहिरो सम्बन्धलाई उजागर गरेको छ भने भाइटीकाले दाजुभाइ र दिदीबहिनीबिचको माया, प्रेम र हार्दिकता प्रगाढ बनाउनुका साथै पारिवारिक मिलन र एकता वृद्धि गर्न विशिष्ट योगदान दिएको छ ।

प्रतिक्रिया दिनुहोस्