Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

सभामुखद्वारा नेपाल संवत् ११४५ को शुभकामना

१७ कार्तिक २०८१, शनिबार ०९:४७

१७ कार्तिक,काठमाडौँ। सभामुख देवराज घिमिरेले नेपाल संवत् ११४५ को अवसरमा नयाँ वर्ष नेपाल संवत् ११४५ ले सबै नेपालीहरूको जीवनमा सफलता, नयाँ उत्साह र उमङ्ग ल्याउन प्रेरणा प्रदान मिलोस् भन्ने शुभकामना दिएका छन् ।

सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको नेपाल संवत् ११४५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन् । उनले नेपाल संवत्को नयाँ वर्षले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास लिएका छन् ।

“नेपाल संवत् (नेवाः संवत्) नेपालको प्रमुख परम्परागत संवत् हो, जसले नेपालको सांस्कृतिक र ऐतिहासिक पहिचानलाई प्रतिनिधित्व गरेको छ, यो संवत् मूलतः नेवार समुदायको आर्थिक स्वतन्त्रता र उनीहरूको समाज सुधारको ऐतिहासिक प्रसङ्गसँग जोडिएको छ”, शुभकामना सन्देशमा भनिएको छ, “नेपाल संवत् विशेषतः नेवार समुदायमा लोकप्रिय छ, यसको आधारमा विभिन्न सांस्कृतिक पर्वहरू, जात्रा, र रीतिरिवाज मनाइन्छन्, नेपाल संवत् नेपालको मौलिकता र सांस्कृतिक समृद्धिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।”

विसं २०६५ मा राष्ट्रिय मान्यता पाएको नेपाल संवत्लाई सङ्कुचन होइन, फराकिलो पार्दै राज्य तथा जनस्तरबाट पनि ऐतिहासिक संवत्का रूपमा स्थापित गर्न जरुरी भएको र हरेक मौलिक परम्परा तथा संस्कृतिको जर्गेना गर्नु राज्य र स्वयं नागरिकको पनि दायित्व सन्देशमा उल्लेख गरिएको छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी सुरु गर्नुभएको नेपाल संवत्लाई नेपालको मौलिक संवत्को रूपमा लिइन्छ । नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालमा सरकारले शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्