Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

वीरगन्ज कारागारको खानेपानी र शौचालयको समस्या समाधान गर्न मन्त्री यादवको निर्देशन

१७ कार्तिक २०८१, शनिबार ०९:५२

१७ कार्तिक,काठमाडौँ। खानेपानी मन्त्री प्रदीप यादवले वीरगन्जस्थित कारागारको अनुगमन गरेका छन्।

शनिवार कारागार पुगेर मन्त्री यादवले त्यहाँको समस्याबारे जानकारी लिएका हुन।त्यस अवसरमा कैदी बन्दीले कारागारमा खानेपानीको अभाव भएको,शौचालय एउटा मात्रै भएको, भान्सामा समेत छाना नभएको लगायतका समस्या राखेको र आफूले तत्काल ती समस्या समाधानका लागि काम सुरु गर्न स्थानीय निकायलाई आग्रह गरिएको मन्त्री यादवले बताए।

स्थानीय तहका जनप्रतिनिधि र प्रहरी प्रशासनसहित कारागारमा पुगेका मन्त्री यादवले ती समस्याहरू तत्काल समाधान हुने गरी काम गर्ने पनि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिए।

त्यस अवसरमा मन्त्री यादवले कारागार प्रशासनलाई कैदी बन्दीको आधारभूत आवश्यकता पूर्ति गर्ने दिशामा सचेत भएर काम गर्न पनि निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्