Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

संस्कृति प्रत्येक समाजको प्राण तत्व हो: संस्कृति मन्त्री पाण्डे

१७ कार्तिक २०८१, शनिबार १०:०२

१७ कार्तिक,काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमत्री बद्रिप्रसाद पाण्डेले संस्कृति प्रत्येक समाजको प्राण तत्व भएको बताएका छन् । शनिबार भक्तपुरमा नेपाल संवत ११४५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालीहरूको विविधतापूर्ण संस्कृति र प्रकृति नेपालको समृद्धि, पुँजी भएको बताए । उनले नेपालमा १३१ वटा भाषाले बोकेको दर्शन, साहित्य, ज्ञान र यसलाई एकीकृत ढङ्गले जोगाउन जरुरी रहेको बताए । उनले सबै भाषा, संस्कृतिलाई प्रवर्द्धन र संरक्षण गर्न सरकार तत्पर रहेको बताए ।

उनले भने, ‘नेपालीहरूको संस्कृति, विविधतापूर्ण संस्कृति र प्रकृति हाम्रो समृद्धि, पुँजी र सम्पत्ति हो । यसलाई अघि बढाउने सन्दर्भमा हाम्रा प्रत्येक भाषा, अहिले १३१ वटा भाषा पुगेका छन् । नेपालमा १३१ वटा भाषाले बोकेको दर्शन, साहित्य, ज्ञान र यसलाई एकीकृत ढङ्गले कसरी जोगाउन सक्छौँ । प्रवर्द्धन र संरक्षण गर्ने दिशामा अघि बढ्छौँ । संस्कृति भनेको प्रत्येक समाजकोप्राण हो । संस्कृति भनेको सफ्टवेयर हो । प्राण तत्त्व मजबुत भएपछि मात्रै बाहिरी स्वरूप मजबुत हुन्छ ।’

मन्त्री पाण्डेले आगामी दिनमा राष्ट्रिय विभूति शंखधर शाख्वाले बोक्नुभएको दर्शनलाई अघि बढाउन एकजुट भएर लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्