Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

जुम्लामा कोदोखेती गर्ने किसान घट्दै

१८ कार्तिक २०८१, आईतवार ०१:५९

१८ कार्तिक, जुम्ला । जुम्लामा पछिल्लो समय कोदोखेती गर्नेको सङ्ख्या घट्दोक्रममा छ ।

यहाँका आठ स्थानीय तहमा अधिकांश किसानले कोदोखेती गर्न करिब छाडिसकेका छन् ।विगतमा यहाँको तिला  गाउँपालिका– १ मा कोदोको राम्रो उत्पादन हुन्थ्यो । यहाँका फाँटहरूमा लहलहाउँदै गरेको कोदो देखिन्थ्यो तर आठ÷दश वर्षयता यस ठाउँमा कोदोको खेती गरेको पाइँदैन ।

दशक अघिसम्म पाँच क्विन्टलसम्म कोदो उत्पादन हुने बारीमा अहिले एक क्विन्टल पनि उब्जनी नहुने गरेको तिला– १ का स्थानीय नर रावतले जानकारी दिए ।

तातोपानी गाउँपालिका– ४ का स्थानीय प्रेमराज पाण्डेले किसानले कोदोबाली लगाउनै छाडेको बताए । दैनिक उपभोग्य सामानहरू घरदैलोमा पुग्न थालेपछि यसको खेती गर्नेको सङ्ख्या घटेको उनको भनाइ छ । कोदोबाली अत्यन्त पोषिलो मानिन्छ । विगतमा यसको रोटी खाने गरिन्थ्यो । पछिल्लो समय उत्पादन घटेपछि भएको उब्जनीले गाउँघरमा मदिरा बनाउन प्रयोग किसानले जनाएका छन् ।

यहाँका स्थानीय तहले खाजानास्तामा स्थानीय उत्पादन वा रैथाने बालीहरूको प्रयोगमा जोड नदिएका होइनन् तर कोदोको उत्पादन कम हुने भएकाले बजारमा यसको पिठो मागअनुसार उपलब्ध गराउन नसकिएको खलङ्गा बजारमा रहेको रारालिही अर्गानिक पसलका सञ्चालक अर्जुन बुढाले जानकारी दिए ।

हाल यहाँ कोदोको पिठो प्रतिकिलोग्राम रु एक सय ५० मा किनबेच भइरहेको छ । कोदोको दाना प्रतिकिलो रु एक सय २० मा बिक्छ । कोदोमा क्याल्सियम,म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बीलगायत पोषक तत्वहरू पाइने गरेकाले पछिल्लो समय माग भने बढ्दो छ । तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण, पेट स्वस्थ राख्न पनि कोदोका परिकार उपयुक्त हुने जानकारहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्