Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

विश्वकप लिग-२ : वर्षाले अवरुद्ध खेलमा नेपाल र स्कटल्यान्डले अंक बाँडे

२० कार्तिक २०८१, मंगलवार ०३:०५

२० कार्तिक,काठमाडौं। नेपालले आईसीसी विश्वकप क्रिकेटलिग-२ को खेलमा स्कटल्यान्डसँग अङ्क बाँडेका छ। सोमबार भएको खेलमा नेपालले ६ ओभरमा २६ रन बनाएर १ विकेट गुमाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो।

नेपालका ओपनर अनिल शाह १९ बलमा १० रन बनाएर आउट भएका थिए । पहिलो ओभरको समाप्तिमा पनि लामो समय खेल रोकिएर सुरु भएको थियो। स्कटल्यान्डसँगको १ अङ्कसहित नेपालले त्रिदेशीय शृङ्खलामा ३ अङ्क जोडेको छ ।

डिभिजन टुको अङ्क तालिकामा नेपाल १२ खेलमा ६ अङ्कसहित सातौँ स्थानमा छ। तालिकामा अमेरिका १२ खेलमा १६ अङ्कसहित पहिलो तथा क्यानडा १२ खेलमा १२ अङ्कका साथ दोस्रो स्थानमा छन्।

स्कटल्यान्डको ११ खेलमा १४ तथा नेदरल्यान्ड्सको ९ खेलमा १२ अङ्क छ। नामिबियाको १२ खेलमा १० अङ्क छ । ओमानको ९ खेलको ८ अङ्क छ। पुछारमा रहेको संयुक्त अरब इमिरेट्सको ९ खेलमा ४ अङ्क छ।

प्रतिक्रिया दिनुहोस्