Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

अब टिकटकमा १ घण्टासम्मको भिडिओ अपलोड गर्न सकिने

५ जेष्ठ २०८१, शनिबार १६:४४

टिकटकले ६० मिनेटसम्मका भिडिओहरू अपलोड गर्ने नयाँ सुविधाको परीक्षण थालेको छ ।  फिचर केही देशका निश्चित प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइसकेको छ ।

युट्युबका दर्शकलाई आकर्षित गर्न टिकटकले यस्तो रणनीतिमा काम गरेको टेकक्रन्चले जनाएको छ ।

यो फिचर कहिलेसम्म विश्वव्यापी रूपमा उपलब्ध हुन्छ भन्ने विषयमा भने स्पष्ट जानकारी छैन ।

यो परीक्षण पहिलो पटक सोसल मिडिया कन्सल्टेन्ट म्याट नाभारा  ले पत्ता लगाएका हुन् । उनले ६० मिनेट लामो भिडिओ अपलोडका लागि टिकटकले काम गरिरहेको भन्दै स्किृनशट शेयर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्