Trending
रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |     रास्वपा पदाधिकारीमा सहमतिको प्रयास     |     फिफाले गर्‍यो एन्फालाई निलम्बन     |     ब्राजिल र मोरक्को नकआउट चरणमा, स्कटल्यान्डको सम्भावना कायमै     |     दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको नकआउट चरणमा     |    
बैंक वित्तीय

देशलाई नयाँ युगतर्फ उन्मुख गर्न नेपाल विश्वविद्यालयको भूमिका महत्वपूर्ण : अर्थमन्त्री पौडेल

२२ कार्तिक २०८१, बिहीबार ०५:२७

२२ कार्तिक, काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल विश्वविद्यालयले नेपालको उच्च शिक्षा प्रणालीमा नवप्रवर्तन गर्दै, समृद्धि र विकासको लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल विश्वविद्यालय उद्घोषण सभा तथा ‘राष्ट्र निर्माणमा विश्वविद्यालयको भूमिका’ विषयक गोष्ठीको उद्घाटन गर्दै उनले यस प्रयासले देशलाई नयाँ युगतर्फ उन्मुख गर्ने बताए ।

उपप्रधानमन्त्री पौडेलले विश्वविद्यालयको सफलताका लागि सरकार र राजनीतिक नेतृत्वको समर्थन निरन्तर रहने उल्लेख गरे । उनले विश्वविद्यालयमार्फत  समकालीन विश्वमा उच्च शिक्षा प्रणालीका आधारभूत सिद्धान्त र मान्यतालाई अवलम्बन गर्दै उदाहरणीय बन्नसक्ने बताए ।

विश्वविद्यालय पूर्वाधार विकास समितिका अध्यक्ष डा अर्जुन कार्कीले अन्तर्राष्ट्रिय सहकार्यमार्फत गुणस्तरीय शिक्षा र अनुसन्धानलाई  प्रोत्साहित गर्दै, यसले वैश्विकस्तरको उत्कृष्टता नेपालमै उपलब्ध गराउने लक्ष्य राखेको बताए ।

नेपाल विश्वविद्यालय ऐन २०८१ गत असोज २३ गते प्रमाणीकरण भई कानुनी रूपमा स्थापित भएको उपलक्ष्यमा बुधबार आयोजित गोष्ठीमा विभिन्न राजनीतिक दलका नेता, सांसद, उच्च सरकारी अधिकारी, स्वदेशी तथा विदेशी प्राज्ञहरूको सहभागिता रहेको थियो भने गोष्ठीमा स्वदेशी तथा विदेशी प्राज्ञ तथा शिक्षाविद्हरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपालको शैक्षिक र सामाजिक विकासमा विद्यालयहरूको प्रभाव, जिम्मेवारी र सम्भावित योगदानमाथि छलफल भएको थियो । कार्यक्रममा उच्च शिक्षामा गुणस्तर सुधार र चुनौतिहरूको पनि चर्चा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्