Trending
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर     |     नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |    
समाचार

लाङटाङमा हराएका पर्यटक मृत भेटिए

२३ कार्तिक २०८१, शुक्रबार ०२:१८

२३ कार्तिक, रसुवा। लाङटाङको लिरूङ इलाकामा हराइरहेका विदेशी पर्यटक मृतफेला परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव भट्टराईका अनुसार हिमाली पदयात्राका क्रममा दुई हप्ता अगाडिदेखि हराएका स्लोभाकियाका ३४ वर्षीय अन्ड्रेज हुसुर्कालाई तेस्रोपटकको हवाई खोजबाट मृत भेटिएका हुन्।

समुद्र सतहबाट एक हजार सात सय मिटरको उचाइमा रहेको लिरूङ हिमाल क्षेत्रको करिब ३० मिटरको गहिरो खोँचमा वरिष्ठ क्याप्टेन विवेक खड्काको उद्धार समूहले पर्यटकको शव फेला पारेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए।

उनको शव परीक्षणका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल राखिएको छ। उनीसँगै गएका चेकरिपब्लिकका मारेक होलेसेक भने गत हप्ता सम्पर्कमा आएका थिए। ठमेलस्थित काठमाडौं ट्रेकिङ कम्पनीमार्फत पठाएको पर्यटकलाई हिमालमा पठाउँदा न्यूनतम मापदण्ड पूरा गरेरनगरेको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्