Trending
इङ्ल्याण्डसँग नेपाल ४ रनले पराजित     |     यस्ता छन् कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     इङ्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य     |     साढे नौ हजारले बढ्यो सुनको मूल्य     |     आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु     |     विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै बिरामी : शिविर मार्फत उपचार सुरु     |     टी–२० विश्वकप क्रिकेटः आज नेपाल इङ्ल्यान्डसँग भिड्दै     |     साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई     |     सूर्यकुमारको उत्कृष्ट पारीमा भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य     |    
समाचार

पर्यटकीय गन्तव्यस्थल बन्दै गुल्मीको रेसुङ्गा

२३ कार्तिक २०८१, शुक्रबार १३:५४

२३ कार्तिक,गुल्मी। गुल्मीको क्षेत्र रेसुङ्गा क्षेत्र पछिल्लो समय  पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । रेसुङ्गा क्षेत्रमा आकर्षक मठ मन्दिर, सुविधा सम्पन्न होटल, पार्क, वनभोजस्थल, पक्की सडक र त्यहाँको प्राकृतिक सौन्र्दताका कारण पर्यटकको आकर्षण बढ्दै गएको हो ।

जिल्लामा आउने जोकोही पनि एक पटक रेसुङ्गामा नपुगी फर्कदैनन् । धार्मिक एवं पर्यटकीय दृष्टिकोणले पनि रेसुङ्गा आफैमा एउटा अद्भूत ऐतिहासिक एवं प्राकतिक क्षेत्र पनि हो । केही समय अघिसम्म सडक र यातायातको सहज पहुँच नहुँदा यस क्षेत्र प्रचारप्रसारको अभावमा ओझेलमा परेको थियो ।

यस क्षेत्रमा पछिल्लो समय चारैतिरबाट सडककको सहज पहुँच पुगेको छ । जङ्गलकोमध्य भागहुँदै कालोपत्र सडकबाट यात्रा गर्दा यहाँ घुम्न आउनेहरु निकै रमाइलो आनन्द मान्ने गर्दछन् । पछिल्लो समयमा यहाँ आन्तरिक पर्यटनसँगै बाह्य पर्यटकको पनि मुख्य रोजाइको क्षेत्र बनेको छ । फ्रान्स, जर्मन, जापान, कोरिया, अमेरिका, बेलायत जस्ता देशबाट यहाँ घुम्नका लागि आउने गरेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले बताए । रेसुङ्गा क्षेत्रको यज्ञशाला नजिकै रहेको ‘भ्यूटावर’बाट माछापुच्छ्रे, धौलागिरि जस्ता सुन्दर हिमालको दृश्यले पर्यटकको मन लोभ्याइ दिन्छ ।

गत वर्षदेखि गुल्मीको सदरमुकाम तम्घास नजिकै सिमिचौरबाट हवाई सेवा सञ्चालनमा आएपछि जिल्लामा पर्यटन प्रवद्र्धनका लागि थप टेवा पुगेको रेसुङ्गा नगरपालिकाकी उपप्रमुख अमृतादेवी कुँवरले बताइन् । गुल्मीमा आउने पर्यटकलाई नगरपालिकाले स्वागत गर्ने र उनीहरुलाई यस क्षेत्रमा रहेका पर्यटकीयस्थल घुम्नका लागि प्रेरित गर्ने कामको थालनी गरेको छ । नगरपालिकाले गत वर्षदेखि सञ्चालन गरेको ‘जाउँ हिँड रेसुङ्गा’ अभियानले पनि जिल्लाको पर्यटन प्रवद्र्धनमा थप मद्दत पुगेको उपप्रमुख कुँवरले बताइन् ।

हालै नेपाल भ्रमणको क्रममा नेपाल एरलायन्सको टुइनेटर जहाजमार्फत गुल्मीको रेसुङ्गा विमानस्थल आइपुगेका फ्रान्सेली पर्यटकले यहाँको प्राकृतिक सौन्दर्यता देखेर आफुरुलाई भिन्नै रमाइलो अनुभव भएको सुनाए । उनीहरुलाई नगरपालिकाले रेसुङ्गा क्षेत्रको भ्रमण गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्